‘याक्थुङ युवा मञ्च’ आदिवासी लिम्बू युवाहरुको सामाजिक संस्था हो । लिम्बू युवाहरुको बीचमा भावनात्मक एकता र पारस्पारिक सद्भाव, समन्वय, सहयोग तथा मैत्रीपूर्ण समझदारी कायम राख्दै न्याय, समानता, स्वाधिनता, पहिचान, अस्तित्वको सवालमा युवा क्षेत्रबाट वकालत गर्ने सङ्गठित एक सामाजिक संस्था हो ।
यस संस्थाले मुख्य गरी सशक्तिकरण र जनचेतना अभिवृद्धि सम्बन्धि विविद्य कार्यक्रमको माध्यमद्वारा युवाहरुको क्षेत्रमा पहुँच निर्माणको सवालमा जोड दिएको छ । समाजको युवालाई राज्यको हरेक निकायहरुमा पुग्न योग्य, सक्षम युवाहरु निर्माण गर्न प्रतिबद्ध छ । यसको लागि चेतना अभिवद्धि साथै क्षमता अभिवृद्धि सम्बन्धि विविध कार्यक्रमहरु गर्दै आएको र निरन्तर गरिरहेको छ ।
नीतिगत रुपमा लोक सेवा, शिक्षा सेवा, सेना, प्रहरी लगायतको सरकारी निकायहरुमा युवाहरु सहभागीता बढाउने कार्यमा सक्रिया भूमिका निर्वाह गर्नेछ । साथै युवाहरुलाई आर्थिक, सामाजिक क्षेत्रमा अग्रसरता तुल्याउन शिक्षा, रोजगारी, स्वरोजगार कार्यक्रमहरु जोडर अभ्यास यस संस्थाले गर्नेछ । सामाजमा प्रतिस्पर्धा योग्य, सामाजिक सांस्कृतिक सुसभ्य, अनुशासित युवा जमातको निर्माण र साङ्गठनिक पद्धतिमा अगाडि बढ्ने सङ्गठनको परिचय निर्माण गर्न संस्था अग्रसर हुनेछ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक देश नेपालमा युवाहरुको हकहित तथा अधिकारको संरक्षण र सम्वद्र्धन सँगसँगै समुदायमा संस्थागत समाजको जिम्मेवार पात्र युवाहरु भएको हैसियतले आफ्नो समुदायको भाषा, लिपि, साहित्य, धर्म, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासका निम्ति संस्थागत रुपमा सक्रियताका साथ सहभागिता जनाउनेछ । अधिकार प्राप्ती र पहिचान जस्ता राजनीतिक अधिकार पक्षमा विभिन्न कामहरु गर्ने, लिम्बुवान भूमिको ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु ती सम्पदा संरक्षणमा जोड दिनेछ । यस्तै संस्कार र संस्कृतिहरु विषयमा युवा पुस्तालाई पुस्तान्तर गर्ने विभिन्न कार्यक्रम मार्फत क्रियाशिल रहेको छ ।०
सङ्गठन गठनको पृष्टभूमी
याक्थुङ युवा मञ्च दर्ता भएर यसरी महाधिवेशन सम्म आइपुग्दा यो सङ्गठन निर्माण हुनु पूर्व दुई फरक फरक समयमा अभ्यास भएको देखिन्छ । २०५८ सालमा अध्यक्ष ङामुकहाङ मेन्याङबो, महासचिव आइन्द्र सुन्दर नेम्बाङ, दिलेन्द्र कुरुम्बाङ, शंकर लिम्बू, अमर तुम्याहाङ आदि व्यक्तिहरुले ‘लिम्बुवान युवा परिषद्’ गठन गरेका र गठन पश्चात लिम्बुवान स्वायत्तताको कुरा गर्दै २०५८ असोज १० गते एउटा पर्चा समेत प्रकाशन गरी वितरण गरेको देखिन्छ । यसले पूर्णता किन पाउन सकेन भन्ने बारे जानकारी पाउन सकिएको छैन् ।
यसपछि पनि २०६० साल तिर राम मादेन, डि वि आङबुङ, अमर तुम्याहाङ आदि अग्रज व्यक्तिहरुले लिम्बुवान युवा सङ्घ नामक सङ्गठन गरी लिम्बुवानको विषयमा युवाको क्षेत्रबाट आवाज उठाउने उद्देश्यले सङ्गठन निर्माण भएको जानकारी दिएका छन् । (दुवैको पूर्ण विवरण लिन नसकेकोले आगामी स्मारिकाहरुमा पूर्ण विवरण लिएर दस्तावेजिकरण गर्ने)
यसरी हेर्दा याक्थुङ युवा मञ्च गठन पूर्व पनि विभिन्न समयमा अभ्यासहरु भएको पाउन सकिन्छ।
याक्थुङ युवा मञ्चको सवालमा पनि संस्थागत आकार लिनको लागि लामो अभ्यासहरु गरेको छ ।
आज भन्दा ५ वर्ष आगाडि ठिक आजैको दिन २०७१ साल जेठ ७ गते ललितपुर स्थित किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यलय रहेको तालिम कक्ष हलमा कियाचुको तत्कालिन कियाचु केन्द्रीय सदस्य यामचन्द्र चेम्जोङको संयोजकत्वमा भएको भेलाले ११ सदस्यीय लिम्बू युवा सङ्घको तदर्थ समिति गठन गर्यो । उक्त तदर्थ समितिमा संयोजक यम चन्द्र चेम्जोङ, सहसंयोजक राजकुमार यक्सो, सचिव भिमसेन लिङदम, सहसचिव भूपेन्द्र खुदाङ, कोषाध्यक्ष निरु आङबुङ, सदस्यहरु कमला आङबुहाङ, प्रदिप योङहाङ, नरवीर योङहाङ (एनबि), विष्णु सिङ्गक, सागर केरुङ र युगल पोमु रहेका थिए । सो भेलाको संयोजनकारी भूमिका किरात याक्थुङ चुम्लुङको तत्कालिन महासचिव लिला सिङ्गक, आदिवासी जनजाति युवा महासङ्घको तत्कालिन सचिवालय सदस्य नरेश नेम्बाङले गर्नु भएको थियो ।
यस तदर्थ समितिले संस्थालाई दर्ता गरी अगाडि बढाउने सन्दर्भमा पटक पटक छलफल गर्यो । संस्थाको नाम जुराउने सवालमा पनि पटक पटक छलफल भएको थियो । ‘लिम्बू युवा सङ्घ’ नामलाई ‘याक्थुङ युवा मञ्च’ राख्ने निधो गर्यो । टिम अगाडि बढ्ने सवालमा सदस्यहरुले छाड्ने, महत्व नदिने अनेक समस्याहरु आइपरे पछि मिति २०७२ जेठ २ गते पुनः सोही समितिलाई हेरफेर गर्दै राजकुमार यक्सोको अध्यक्ष रहेने गरी उपाध्यक्ष कमला लिम्बू, सचिव एन बी योङहाङ, सहसचिव भूपेन्द्र खुदाङ, कोषाध्यक्ष निरु आङबुङ, सदस्यहरु प्रदिप योङहाङ लिम्बू, विष्णुमाया सिङ्गक रहने गरी समिति पुनः गठन भयो ।
सो समितिले पनि संस्थालाई दर्ता गराउने कुरामा केही अभ्यास गर्यो तर यहाँ पनि जिम्मेवार पदाधिकारी तथा सदस्यहरुले समय दिन नसक्ने र निरन्तरता दिन नसक्ने कारणले काम पूरा गर्न सकेन ।
त्यसपछि मिति २०७२ साउन १३ गते पुनः तेस्रो पटक सोही समितिलाई हेरफेर गर्दै अध्यक्ष राजकुमार यक्सो, उपाध्यक्ष प्रदिप योङहाङ लिम्बू, सचिव भूपेन्द्र खुदाङ, सहसचिव विष्णुमाया सिङ्गक, कोषाध्यक्ष निरु आङबुङ, सदस्य बसन्त सिं खापुङ र शैलेन्द्र थेबे रहेको समिति निर्माण भयो । यो समितिले भने २०७३ भाद्र १३ गते ललितपुर जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गयो ।
विडम्बना संस्था दर्ता गरियो तर पुनः सबै जना सक्रिय हुन सकिएन, निरु आङबुङ, शैलेन्द्र थेबे संस्थामा निष्कृय रहे । संस्था दर्ता भएपछि सङ्गठन विस्तार मुख्य जिम्मेवार थियो । उक्त जिम्मेवारी पूरा गराउन सबै सक्रिय नभएको अवस्थाले पनि हामीलाई जिल्ला सङ्गठन विस्तारमा समस्या भएको थियो । यसै कारण संस्थापन टिमले जिल्ला विस्तार र प्रथम राष्ट्रिय महाधिवेशन गराउनको लागि भेला आयोजक सदस्यको रुपमा मिति २०७३ चैत २८ गते इटहरीमा पूर्वमा रहेको लिम्बू युवा साथीहरुको भेलाले ५ जना केन्द्रीय सदस्यमा मनोनयन गरियो । जसमा प्रज्ञा इजम, कमल हाङसरुम्बा, सुवास खुदाङ, डम्बर कुरुम्बाङ, महेश्वर हुक्पा चोङबाङ मनोनयन गरियो । यो टिमले जिल्ला सङ्गठन विस्तार गर्नेकाम गर्यो । ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र काठमाडौँ गरी ८ जिल्ला गठन गर्न सफल भयो ।
संस्थापन टिमले पहिलो राष्ट्रिय भेला सफल बनाउनको लागि मानधोज इस्वो, मोहन मादेन, शुसन चोङबाङलाई केन्द्रीय सदस्यमा मनोनित गर्यो ।
2075-2-7मा लिम्बुवानको अत्यन्तै उर्वरभूमी इलाममा प्रथम महाधिवेशन सम्पन्न गरेको थियो /ooo