मिति २०७५ माघ २६ गते पान्थरको फेदेनमा सम्पन्न याक्थुङ युवा मञ्चको प्रथम राष्ट्रिय परिषद् बैठकमा छलफल भएको एजेण्डाहरु र निर्णयहरु ।
एजेण्डा तथा निर्णयहरु
१ं रिपोटिङ तथा समिक्षा ।
निर्णय ः प्रस्ताव नं. १ रिपोटिङ तथा समिक्षामा विभिन्न जिल्ला शाखाका पदाधिकारीहरुले आआफ्नो जिल्लाको सांगठनिक र कार्य प्रगतिहरुको प्रतिवेदन प्रस्तुत भएको थियो । जसमा ताप्लेजुङबाट अध्यक्ष ः अवीरसिं यक्सो, पाँचथरबाट अध्यक्ष ः मन कुमार आङदेम्बे, झापाबाट ः सचिव प्रताप निङलेकु, काठमाडौँबाट ः सहसचिव मुक्ति लिम्बूले प्रस्तुत गर्नुभएको प्रतिवेदनहरुमा समिक्षा भएको थियो ।
२. साङगठनीक प्रतिवेदन (महासचिव) आर्थिक प्रतिवेदन (कोषाध्यक्ष) प्रस्तुत र पारित सम्वन्धमा ।
निर्णय ः महासचिव शुसन हुक्पा चोङबाङबाट प्रस्तुत साङ्ठनीक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत भइ पारित भएको थियो ।
३. नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा ।
निर्णय ः अध्यक्ष भूपेन्द्र खुदाङबाट प्रस्तुत २ वर्षे (२०७५ –२०७७) नीति तथा कार्यक्रममा छलफल गरी पारित गरियो ।
४. संगठन विस्तार सम्बन्धमा ।
निर्णय ः याक्थुङ युवा मञ्चको सङ्गठन विस्तार गर्ने सम्बन्धमा जिल्ला समितिहरुको अधिवेशन तथा गठन २०७५ फागुन मसान्त भित्रमा गरी सक्ने निर्णय पारित भयो । अधिवेशन भएको जिल्लाहरुमा स्थानीय निकायहरुमा सङ्गठन विस्तार गर्ने निर्णय गरियो ।
५, समसामयीक एजेण्डा
निर्णय ः
लिम्बुवानको सम्बन्धमा–एतिहासिक पृष्ठभूमिको आधारमा अरुणपूर्व नौ जिल्ला पुनःसिमाङ्कनसहित नामाङ्कन हुनुपर्ने अडान र तत्कालिन रुपमा प्रदेश १ को नामाङ्कन हुँदै गर्दा ‘लिम्बुवान’ नछुटोस् भन्ने माग अगाडि बढाउने निर्णय भयो ।
धार्मिक विवादको सम्बन्धमा ः धर्म निरपेक्ष भएकोले एक अर्कोले आआफ्नो आस्था मान्दै गर्दा एक अर्काको सम्मान गर्ने र समयम्ता पूर्व अगाडि बढ्न सबैमा आव्हवान गर्ने निर्णय गरियो ।