Bidhan

click here

https://drive.google.com/file/d/1B8KTCA3FO6R9ZKZg0hhFXjkugpDulRUb/view

Read

याक्थुङ युवा मञ्च को
विधान–२०७३

प्रस्तावना ः–
राज्यको भविष्य निर्माणसँग जोडिएर रहेको युवाहरु समाजको महत्वपूर्ण भूमिकामा रहने भएकोले भएकोले विज्ञान र प्रविधिले विकासमा फडको मारेको संसारको आजको स्थितीमा समाजको युवाहरुको अन्तरनिहित चेतनाको मार्फत समाज रुपान्तरणको महत्वपूर्ण भूमिकालाई ख्याल गर्दै,
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहु सांस्कृतिक देश नेपालका हामी लिम्बू युवाहरुको हकहित तथा अधिकारको संरक्षण र संवद्र्धन गर्दै लिम्बू भाषा, साहित्य, धर्म, कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन, विकासको निमित्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा लिम्बू युवाहरुबीचको भावनात्मक एकता र पारस्पारिक सदभाव, समन्वय, सहयोग तथा मैतिपूर्ण साझेदारीता र समझदारी कायम राखी शिक्षा, रोजगारी, खेलकुद, सिप विकास, क्षमता अभिवृद्धि जस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन याक्थुङ याक्थुङ युवा मञ्चको स्थापना गरी संस्था दर्ता ऐन २०३४ को अधिनमा रही याक्थुङ युवा मञ्चको विधान २०७३ तर्जुमा गरिएको छ ।

परिच्छेद–१
प्रारम्भिक
१. संक्षिप्त नाम ः–
यस संस्थाको नाम लिम्बू भाषामा याक्थुङ वेन्सा चुम्भो नेपाली भाषामा “याक्थुङ युवा मञ्च”
हुनेछ । यसलाई अंग्रेजीमा Yakthung Youth Forum र छोटकरीमा लिम्बू भाषामा यावेचु
नेपालीमा यायुम र अंग्रेजीमा YYF भनिनेछ ।
(ख) यो विधान महाधिवेशनबाट पारित भएपछि यो विधान लागू हुनेछ ।

२. संस्थाको परिभाषा ः– विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यस विधानमा ः
(क) “विधान” भन्नाले याक्थुङ युवा मञ्च २०७३ को विधानलाई सम्झनु पर्दछ ।
(ख) “संस्था” भन्नाले याक्थुङ युवा मञ्च लाई जनाउ“छ ।
(ग) “कार्य समिति” भन्नाले राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित संंस्थाको केन्द्रीय कार्य समिति सम्झनु पर्छ र यो शब्दले संस्थाको प्रदेश, जिल्ला, नगर, गाउँ र वडा कार्य समितिलाई पनि जनाउने छ ।
(घ) “शाखा कार्य समिति” भन्नाले विधान अन्तर्गत गठित प्रदेश, जिल्ला, नगर, गाउँ र वडा कार्य समिति सम्झनु पर्छ ।
(ङ) “नगर” भन्नाले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका जनाउनेछ । “गाउँ” भन्नाले गाउँपालिका र “वडा” भन्नाले नगर र गाउँ मातहतको वडाहरुलाई जनाउनेछ ।
(च) “सभा” भन्नाले यस विधान बमोजिम बसेको वार्षिक साधारण सभा र विशेष साधारण सभालाई समेत जनाउ“छ ।
(छ) “सदस्य” भन्नाले विधान अन्तर्गत सदस्यता प्राप्त व्यक्तिलाई सम्झनुपर्दछ ।
(ज) “राष्ट्रिय महाधिवेशन” ल्बतष्यलब िऋयलाचबलअभ भन्नाले यस विधानको दफा ९ .बमेजिम भेला र आयोजित भेलालाई जनाउनेछ ।
(झ ) “राष्ट्रिय परिषद् बैठक”ल्बतष्यलब िऋयगलअष् िब्ककझदथि भन्नाले यस विधानको दफा १३ बमेजिम भेला र आयोजित भेलालाई जनाउनेछ ।
(ञ) “अधिवेशन” भन्नाले यस विधानको दफा २३, २९, ३५ र ४० बमेजिम भेला र आयोजित भेलालाई जनाउनेछ ।
(ट) “नियम, विनियम” भन्नाले यस विधान अन्तर्गत बन्ने नियम विनियमलाई जनाउ“छ ।
(ठ) “सचिवालय” भन्नाले विधान अन्तर्गत गठित केन्द्र, प्रदेश, जिल्ला, नगर, गाउँ र वडा कार्यसमितको दैनिक कार्य गर्ने निकाय सम्झनुपर्दछ । केन्द्रको सचिवालयलाई ‘सञ्चालक समिति’ बुझाउँछ ।

३. संस्थाको छाप, चिन्ह र सपथग्रहण ः– प्रचलित व्यवस्थाको प्रतिकूल नहुने गरी संस्थाको एउटा छुट्टै छाप, चिन्ह सपथग्रहण हुनेछ । छाप, चिन्ह, झण्डा र सपथग्रहण अनुसूचि १, २, ३ र ४ बमोजिमको ढा“चामा हुनेछ ।

परिच्छेद–२
उद्देश्य
४ संस्थाको उद्देश्य ः– संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ ।
(क) यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
(ख) लिम्बु युवाहरुको बौद्धिक, सांस्कृतिक, नैतिक एवम् आत्मविश्वासको उत्थान र विकासका लागि निरन्तर क्रियाशिल रहने ।
(ग) लिम्बु भाषा, लिपि धर्म संस्कृति, साहित्य कला, संगीतमा विशिष्ठ योगदान पु¥याउनु हुने व्यक्तिहरुको सम्मान तथा अभिनन्दन गर्ने ।
(घ) लिम्बू युवाहरुलाई शारिरीक तथा मानसिक रुपमा स्वास्थ्य राख्न विभिन्न सिर्जनात्मक तथा रचनात्मक खेलकुद आयोजना गर्ने तथा सहभागी गराउने ।
(ङ) लिम्बू र लिम्बुवान सम्बन्धी खोज, अनुसन्धान गर्न प्रोत्साहन गर्ने । साथै राष्ट्रिय एकता र सरोकार, पहिचान, संस्कृति संरक्षण विषयमा सम्वाद, परिसम्वाद, अन्तरवार्ता, छलफल, गोष्ठी, सेमिनार, लेख, रचना, स्मारिका, सोधग्रन्थ आदि तयार गर्ने, गराउने ।
(च) नेपालको संविधान २०७२ द्वारा स्वीकृत शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता युवाहरुको मौलिक अधिकार, धर्म निरपेक्षताको व्यवहारिक कार्यान्वयन गराउन जातीय, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक समानताको पक्षमा दृढतापूर्वक आवाज उठाउने तथा चेतनामूलक कार्यक्रम अघि बढाउने । राष्ट्र र समाजको प्रतिष्ठा, स्वाभिमान, स्वाधिनता, सार्वभौमिकता, अखण्डताको पक्षमा रहदै नेपाली सामाजिक शैक्षिक तथा सांस्कृतिक, आर्थिक अभियान मार्फत राष्ट्र निर्माणमा क्रियाशिल रहने ।
(छ) लिम्बू युवहरुलाई देश भित्रै रोजगारी र सम्मुन्न्त जीवनयापनको लागि स्वरोजगार अभियान सिपमुलक तालिम, व्यवसाय अभिमूखिकरण कार्यक्रम समाजसंग सरोकार राख्ने विविध सामाजिक कार्यमा लिम्बू युवायुवतीलाई सरिक गराई समाजसेवामा लगाउने तथा वातावरण र पर्यावरण सम्बन्धी कार्यक्रम आयोजना गर्ने । जैविक विविधता, अमूर्त सांस्कृतिक सम्पदा, जलवायु परिवर्तन लगायत विविध क्षेत्रमा सम्बन्धित संस्था र अन्य संस्थाहरुसंग सहकार्य गर्ने तथा कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ज) स्वदेश तथा विदेशमा रहेका वेरोजगार लिम्बू युवाहरुको तथ्याङक तथा उनीहरुसंग सम्बन्धित सूचनाहरुको संकलन गरी अन्याय विरुद्ध लिम्बु युवाहरुलाई सचेत र जागरुक बनाई क्रियाशिल राख्ने ।
(झ) रक्तदान, दैवी प्रकोपमा सहयोग कार्यक्रम सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी युवा समुदायलाई गुण्डागर्दी, चोरी, डकैती, वेश्यावृत्ति, लागू औषध सेवन जस्ता कुलतमा फस्नबाट जोगाउदै विकृति र विसङगति विरुद्ध चेतनामूलक कार्यक्रम, प्रशिक्षण, ¥याली, गोष्ठी सेमिनारहरु आयोजना गर्ने ।
(ञ) लिम्बु ऐतिहासिकस्थल तथा बस्तुहरुको खोज, अनुसन्धान संरक्षण र सम्बर्धन गर्ने साथै मौलिक परम्परागत रहनसहन, रितिरिवाज, सीप आदिको संरक्षण एवम् सम्बद्र्धन गर्ने ।
(ट) आदिवासी जनजाति सम्बन्धी राष्ट्रिय, अन्तराष्ट्रिय कानूनको कार्यान्वयन गराउन पहल गर्ने, सो सम्बन्धी सचेतना कार्यक्रम गोष्ठी, सेमिनार र आयोजना कार्यक्रम गर्ने ।
(ठ) नेपाली राष्ट्रियताको संरक्षण जनजिविकाका सवालहरु र न्यायपूर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउने ।
(ढ) मञ्चले आफ्नो विधानको उद्देश्यसंग मेल खाने संघ संस्था र व्यक्तित्वसंग मित्रतापूर्ण सम्बन्ध राख्न सक्ने साथै सहकार्य गर्ने सक्ने ।

परिच्छेद–३
५. सदस्यता ः– यस संस्थाका सदस्यहरु देहाय बमोजिम हुनेछ ः–
(क) साधारण सदस्यः यायुमको उद्देश्य विधान र नीति निर्णयलाई स्वीकार गर्ने १६ देखि ४० वर्ष उमेर समूहका सम्पूर्ण लिम्बू युवाहरुलाई सदस्यता प्रदान गरिनेछ ।
(ख) सदस्यता ४ प्रकारको हुनेछ । साधारण सदस्यता, आजीवन सदस्यता, संरक्षक सदस्यता, संस्थापक सदस्यता हुनेछ ।

६. सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता ः– यस संस्थाको सदस्यको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ ः–
(क) नेपाली नागरिक हुनुपर्ने ।
(ख) १६ वर्ष उमेर देखि ४० सम्मका उमेर समुहका लिम्बू युवा हुनु पर्ने ।
(ग) चालचलन राम्रो भएको तथा फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको ।
(घ) मानसिक सन्तुलन नगुमाएको ।
(ङ) सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेकोे ।
(च) नैतिक पतनदेखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय नपाएको ।
(छ) सम्बन्धित संस्थाको व्यवसायमा निजी स्वार्थ नभएको ।
(ज) सामाजिक सेवामा विश्वास र इच्छुक भएको हुनुपर्ने ।
(झ) संस्थाको उद्देश्य माथि विश्वास राख्ने र आस्थावान हुनुपर्ने ।

७. सदस्यताको समाप्ति ः
१. देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यको बहाल रहने छैन ।
(क) यस विधानको दफा ७ को उपदफा १ बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने भएमा ।
(ख) साधारण सभाबाट ६७ प्रतिशत सदस्यहरुको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा ।
(ग) सदस्यले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएमा,
(घ) संस्थाको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा,
(ङ) यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा,
(च) सदस्यता शुल्क बुझाउन बा“की भएमा ।
(छ) संस्था विघटन भै खारेज भएमा ।
२. कुनै ब्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन अयोग्य ठहराउनुभन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई, सफाईको सबुद पेश गर्ने मौका दिइनेछ ।

८. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि ः– देहाय बमोजिमको तोकिएको शुल्क तिरी सदस्यता प्राप्त गर्न सक्नेछन् ।
१. साधारण सदस्य ः
(क) साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले साधारण सभाले तोकिएको प्रवेश शुल्क वापत रु.५०÷– बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्य समितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सकिनेछ ।
(ख) त्यस्ता साधारण सदस्यले वार्षिक नविकरण शुल्क रु.२५÷– बुझाउनुपर्नेछ ।
(ग) साधारण सदस्य प्राप्त गर्ने सदस्यले प्रत्येक वर्ष असार महिनाको मसान्तभित्र नविकरण गराई सक्नुपर्नेछ र त्यसपछिको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझाई नविकरण गर्न सक्नेछ ।
२. आजीवन सदस्य ः
(क) संस्थाको हितलाई ध्यान राखेर आजीवन सदस्य प्राप्त गर्न चाहने विधानको उद्देश्य मान्ने कुनै पनि व्यक्तिलाई केन्द्रीय समितिले संस्थाको आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।
(ख) आजीवन सदस्ता शुल्क रु. १,०००÷– बुझाउनु पर्नेछ ।
३. संरक्षक सदस्य ः
(क) संस्थाको हितलाई ध्यान राखेर संस्थालाई संरक्षकत्व प्रदान गर्न चाहने विधानको उद्देश्य मान्ने कुनै पनि व्यक्तिलाई केन्द्रीय समितिले संस्थाको संरक्षक सदस्यता प्रदान गर्न सक्नेछ ।
(ख) संरक्षक सदस्ता शुल्क रु. ५,०००÷– बुझाउनु पर्नेछ ।
४. शाखा कार्य समितिहरुले सदस्य बनाएको ५० प्रतिशत रकम केन्द्रलाई बुझाउनु पर्नेछ ।
५. संस्थापक सदस्य ः
(क) यो संस्था दर्ता हु“दाको बखतको समितिका पदाधिकारी तथा सदस्यहरु संस्थापक सदस्य हुनेछन् ।
(ख) संस्थापक सदस्यहरुले विधानमा उल्लेख भए बमोजिमको शुल्क बुझाई साधारण सदस्य वा आजीवन सदस्य प्राप्त गर्न सक्नेछन् ।
६. कुनै आवेदकलाई सदस्यता नदिने निर्णय गरेमा सोको कारण सहितको जानकारी आवेदकलाई दिइने छ ।
७. सबै सदस्यहरुले यस विधान र विधान अन्तर्गत बनेको नियम र विनियम बमोजिम भएको व्यवस्थाको पालना गर्नुपर्नेछ ।
८. संस्थाले प्रदान गरेको उपदफा १, २, ३ र ४ अनुसारको सदस्यहरुको तोकिएको ढा“चामा छुट्टै अभिलेख पुस्तिका रहनेछ ।

परिच्छेद–४
राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सम्मेलन, साधारण सभा
९. राष्ट्रिय महाधिवेशन
क) राष्ट्रिय महाधिवेशन संस्थाको सर्वोच्च निकाय हुनेछ ।
ख) संस्थाको राष्ट्रिय महाधिवेशन २ वर्षमा एक पटक तोकिएको स्थानमा सम्पन्न हुनेछ ।
ग) राष्ट्रिय महाधिवेशन बोलाउने र सम्पन्न गर्ने जिम्मेवारी केन्द्रीय कार्य समितिको हुनेछ ।
घ) राष्ट्रिय महाधिवेशन बोलाउँदा कम्तिमा २ महिनाको अवधि राखी सूचना दिनु पर्नेछ ।

१०. राष्ट्रिय महाधिवेशनमा सहभागिता
क) राष्ट्रिय महाधिवेशनमा निम्न बमोजिमको सहभागिता रहनेछ ः
१) केन्द्रीय कार्य समितिका पदाधिकारी एवम् सदस्यहरू
२) केन्द्रीय सल्लाहकार समितिका सदस्यहरू
४) शाखा कार्य समितिका प्रतिनिधिहरू
५) राष्ट्रिय महाधिवेशनको लागि निर्धारित प्रतिनिधि संख्याको आधारमा केन्द्रीय कार्य समितिद्वारा मनोनित १० प्रतिशत प्रतिनिधिहरू
६) प्रदेश कार्य समितिलाई केन्द्रले तोकेको प्रतिनिधिहरु
७) विदेशस्थीत सम्बन्धन मञ्चको शाखाले तोकेको एक प्रतिनिधि र एक पर्यवेक्षक महाधिवेशनमा सहभागी गराउन सकिनेछ ।
ख) उपदफा क(४) बमोजिमका प्रतिनिधिहरू निम्नानुसार निर्धारित गरिनेछ ः
१) जिल्ला कार्य समितिको अध्यक्ष र सचिव
२) शाखालाई तोकेको प्रतिनिधि
३) शाखाबाट ३० सदस्यता बनाए बराबर १ प्रतिनिधि सिफारिस भईआएका प्रतिनिधिहरु

ग) राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कार्य समितिले पर्यवेक्षकको हैसियतले सहभागिताको व्यवस्था गर्न सक्नेछ । तर यस्ता पर्यवेक्षकहरूले कुनै पनि प्रकारको मतदानमा भाग लिन वा उम्मेदवार हुन सक्ने छैनन् ।

११. विशेष महाधिवेशन
क) केन्द्रीय कार्य समितिले विशेष कारण परेमा विशेष महाधिवेशन बोलाउन सक्नेछ ।
ख) संस्थाको राष्ट्रिय भेलाको बहुमतले केन्द्रीय कार्य समिति निष्क्रिय भएको वा विधान विपरित काम कारवाही गरिरहेको सम्वन्धमा वस्तुनिष्ठ आधार देखाई राष्ट्रिय चुम्लुङमा लिखित माग गरेमा केन्द्रीय कार्य समितिले विशेष महाधिवेशन १ महिना भित्रमा बोलाउन सक्नेछ ।
ग) विशेष महाधिवेशनले राष्ट्रिय महाधिवेशनको हैसियत राखी काम गर्नेछ ।

१२. राष्ट्रिय महाधिवेशनको काम, कर्तव्य र अधिकार
राष्ट्रिय महाधिवेशनको काम, कर्तव्य र अधिकार निम्नानुसार हुनेछ ः
क) केन्द्रीय कार्य समितिद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र अन्य प्रस्तावहरु पारित गर्ने
ख) विधानलाई संसोधन गर्ने,
ग) केन्द्रीय कार्य समितिको निर्वाचन गर्ने,
घ) संस्थालाई दिशा निर्देशन गर्ने ।

१३. राष्ट्रिय परिषद् बैठक
क) राष्ट्रिय परिषद् बैठक वर्षको १ पटक बस्नेछ ।
ख) राष्ट्रिय परिषद् बैठक अध्यक्षता केन्द्रीय कार्य समितिको अध्यक्षले गर्नेछ । अध्यक्ष नभएको अवस्थामा उपाध्यक्ष र दुवै नभएको अवस्थामा राष्ट्रिय परिषद् बैठकले आफू मध्येबाट कुनै सदस्यलाई अध्यक्षता गर्न लगाउनेछ ।
ग) यस संस्थाको राष्ट्रिय परिषद् बैठक गर्नका लागि कम्तिमा ३५ दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने विषय खोली सबै राष्ट्रिय परिषद् बैठक सदस्यहरुलाई सूचना दिइनेछ ।
घ) उप–दफा (ग) बमोजिम बोलाइएको राष्ट्रिय परिषद् बैठक वा विशेष राष्ट्रिय परिषद् बैठक मा गणपूरक संख्या नपुगी सभा हुन नसकेमा कम्तिमा १ महिना म्याद दिई पुनः राष्ट्रिय सम्मेलन बोलाइनेछ ।

१४. राष्ट्रिय परिषद् बैठकमा सहभागिता ः
क) राष्ट्रिय परिषद् बैठकमा निम्न बमोजिमको सहभागिता रहनेछ ः
१) केन्द्रीय कार्य समितिका पदाधिकारी एवम् सदस्यहरू
२) केन्द्रीय सल्लाहकार समितिका सदस्यहरू
३) प्रदेशका पदाधिकारीहरु र केन्द्रले तोकेको प्रतिनिधि
४) जिल्ला कार्य समितिको अध्यक्ष, सचिव र केन्द्रले तोकेको प्रतिनिधि
५) केन्द्रीय समितिले बोलाइएको संस्था, सङ्गठनको प्रतिनिधि

१५. राष्ट्रिय परिषद् बैठकको काम कर्तव्य र अधिकार ः–
काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः
(क) साधारणसभाले पारित गरेको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी वर्षको बजेटलाई अनुमोदन गर्ने ।
(ख) समसामयिक विषयको एजेण्डा माथि छलफल गरी निर्णय गर्ने ।
(ग) संस्थालाई मागनिर्देश गर्ने घोषणापत्र जारी गर्ने ।
(घ) विधानमा रहेर संस्थाको उद्देश्य परिपूर्ति गर्न नीति तथा कार्यक्रम तजुमा गर्ने र विशेष जिम्मेवारी प्रदान गर्ने ।
(ङ) संस्थाको गतिविधिहरु माथि समिक्षा गर्ने र भावी रणनीति तयार गर्ने ।

१६. साधारण सभा
क) साधारण सभा वर्षको १ पटक बस्नेछ ।
ख) साधारणसभा अध्यक्षता केन्द्रीय कार्य समितिको अध्यक्षले गर्नेछ । अध्यक्ष नभएको अवस्थामा उपाध्यक्ष र दुवै नभएको अवस्थामा साधारणसभाले आफू मध्येबाट कुनै सदस्यलाई अध्यक्षता गर्न लगाउनेछ ।
ग) यस संस्थाको साधारण सभा गर्नका लागि कम्तिमा २० दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल
गर्ने विषय खोली सबै साधारण सभा सदस्यहरुलाई सूचना दिइनेछ ।

१७. साधारण सभामा सहभागिता ः
१) केन्द्रीय कार्य समितिका पदाधिकारी एवम् सदस्यहरू
२) केन्द्रीय सल्लाहकार समितिका सदस्यहरू
३) प्रदेशका अध्यक्ष र सचिव
१) जिल्ला कार्य समितिको अध्यक्ष र सचिव
१८. साधारणसभाको काम, कर्तव्य र अधिकार ः–
(क) वार्षिक प्रगति प्रतिवेदन पारित गर्ने ।
(ख) लेखा परीक्षकबाट प्राप्त वार्षिक लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
ग) आगामी वर्षको कार्यक्रम तथा बजेट पारित गर्ने ।
(घ) आगामी वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्ने ।
(ङ) संस्था नविकरणको लागि सचिवालय (सञ्चालक) समितिलाई जिम्मेवारी प्रदान गर्ने ।

परिच्छेद–५
केन्द्रीय कार्यसमिति गठन, काम, कर्तव्य, अधिकार, जिम्मेवारी
१९. केन्द्रीय कार्यसमिति
क) संस्थाको एउटा केन्द्रीय कार्यसमिति रहनेछ ।
ख) केन्द्रीय कार्य समितिको अवधि २ वर्षको हुनेछ । विशेष कारणले २ वर्षमा महाधिवेशन हुन नसके केन्द्रीय कार्य समितिको अवधी राष्ट्रिय सम्मेलनले ६ महिना थप गर्न सक्नेछ ।
ग) केन्द्रीय कार्य समितिको बैठक वर्षमा २ पटक र आवश्यकता अनुसार सो भन्दा बढि बस्नेछ ।

२०. केन्द्रीय कार्य समितिको गठन
क) केन्द्रीय कार्यसमिति राष्ट्रिय महाधिवेशनले निर्वाचित गर्नेछ ।
(ख) अध्यक्ष हुनलाई पदाधिकारी १ कार्यकाल गरेको र पदाधिकारी हुनलाई १ कार्यकाल केन्द्रीय समितिमा काम गरेको हुनुपर्नेछ ।
(ग) केन्द्रीय कार्यसमिति २५ सदस्यीय हुनेछ । जसमा देहाय बमोजिम रहनेछन् ः
अध्यक्ष १ जना
उपाध्यक्ष ४ जना (१ जना महिला अनिवार्य)
महासचिव १ जना
सचिव ४ जना (महिला अनिवार्य) खुल्ला ः जिल्ला समितिमा काम
गरेको तर यसै कार्य समिति उपाध्यक्ष दाबि गर्ने जिल्लाले नपाउने)(
भूगोलको हिसाबमा ः ताप्लेजुङ, पान्थर, इलाम, झापा मध्ये १)(मोरङ,
सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा मध्ये १)(काठमाडौ उपत्यका १ र
खुल्ला महिला १ तर जिल्ला समितिमा काम गरेको हुनुपर्ने)
कोषाध्यक्ष १ जना
सदस्यहरु १२ जना (जिल्ला कोटा प्रत्येक जिल्ला १) १ खुल्ला महिला सदस्य
मनोनित सदस्यहरु ३ जना
(घ) केन्द्रीय कार्य समितिको नियमित काम अगाडि बढाउनलाई समितिले सचिवालय गठन गर्नेछ । यसको काम, कर्तव्य र अधिकार केन्द्रीय कार्य समितिले तोके बमोजिम हुनेछ । सचिवालयलाई ‘सञ्चालक समिति’ भनी बुझ्नु पर्दछ ।
(ङ) केन्द्रीय कार्यालय केन्द्रीय समितिले तोकेको स्थानमा राखिनेछ ।
(च) आवश्यकता परेमा विषयगत समितिहरु गठन गर्न सक्नेछ तर विषयगत समितिको विनियमावली
केन्द्रीय बैठकद्वारा अनुमोदन गराउनुपर्नेछ ।
(छ) कार्य सम्पादन गर्न कार्य समितिभित्रै उपसमितिहरु गठन गर्न सकिनेछ, उपसमितिहरुको कार्यहरु केन्द्रीय कार्य समितिले तोकि दिए बमोजिम हुनेछ ।
(ज) सल्लाहकार समिति गठन गर्नेछ ।
२१. केन्द्रीय कार्य समितिको काम कर्तव्य र अधिकार ः–
कार्य समितिको काम कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछ ः
१. विधान बमोजिमको व्यवस्था पालना गरी राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सम्मेलन र साधारण सभाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
२. संस्थाको हितमा हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।
३. राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सम्मेलनप्रति उत्तरदायी रहने ।
४. संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने ।
५. संस्थाको कार्य सम्पादन गर्न कार्य योजना बनाउने, श्रोत जुटाउने, कार्यान्वयन, सुपरीवेक्षण र अनुगमन गर्ने ।
६ संस्थाको आगामी वर्षको वार्षिक कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत गर्ने ।
७. संस्थाको कोष र सम्पत्ति सुरक्षित तरिकाले राख्न लगाउने र बैंक खाता खोली सञ्चालन गर्ने ।
८. संस्थाको कर्मचारीहरुको सेवा शर्त र सुविधा आदि सम्बन्धी कर्मचारी नियमावली बनाई साधारण सभाबाट स्वीकृत गराई लागू गर्ने गराउने ।
९. संस्थाको उद्देश्य परिपूर्तिको लागि आफ्नो कार्य अवधिमा उपयुक्त व्यक्तिहरुको सल्लाहकार समितिका अन्य समिति, उप समिति गठन गर्ने र आवश्यकता अनुरुप कार्यको बा“डफा“ड गरिदिने ।
१०. संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

२२. पदाधिकारी तथा सदस्यहरुको काम, कर्तव्य र अधिकार
पदाधिकारीहरुको काम कर्तव्य र अधिकार ः– कार्य समितिका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुुनेछ ः
१. अध्यक्ष
(क) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने ।
(ख) निर्णायक मत दिने ।
(ग) राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलनद्वारा गरिएका निर्णयहरुको कार्यान्वयन गर्ने गराउने ।
(घ) संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
(ङ) संस्थाको नेतृत्व लिने ।
(च) आवश्यकतानुसार बैठकहरु बोलाउन सचिवलाई निर्देशन दिने ।
(छ) अन्य पदाधिकारी एवं सदस्यहरुलाई कामको बा“डफा“ड गर्ने ।
(ज) अभिलेख प्रमाणित गर्ने ।
(झ) संस्थाको बैंक खाता सञ्चालन गर्ने ।
(ञ) सम्पूर्ण साधारण सदस्यहरुको कामको मूल्याड्ढन का.स.बाट गराउने
(ट) सरकारी, गैरसरकारी तथा अन्य स्थानीय निकायहरुमा सम्पर्क र समन्वय गर्ने ।
२. उपाध्यक्ष
(क) अध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने ।
(ग) अध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
(घ) केन्द्रीय बैठक, सचिवालयले दिएको जिम्मवारी पूरा गर्ने ।
(ङ) विभागीय जिम्मेवारी पूरा गर्ने ।
३. महासचिव
(क) संस्थाको सचिवालयको रेखदेख र सञ्चालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) अध्यक्षले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
(ङ) संस्थाको हितमा हुने अन्य सबै कार्य पदीय दायित्व बमोजिम गर्ने गराउने ।
४. सचिव
(क) सचिवको अनुपस्थितिमा संस्थाको सचिवालयको रेखदेख र सञ्चालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) संस्थाको हितमा हुने अन्य सबै कार्य पदीय दायित्व बमोजिम गर्ने गराउने ।
(ङ) केन्द्रीय बैठक, सचिवालयले दिएको जिम्मा र विभागीय जिम्मेवारी पूरा गर्ने ।
५. कोषाध्यक्ष
(क) संस्थाको कोषको रेखदेख र सञ्चालन गर्ने ।
(ख) साधारण सभा, राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलनमा आर्थिक रिपोट प्रस्तुत गर्ने ।
(ग) लेखा दुरुस्त राख्ने ।
(घ) नियमित रुपमा वार्षिक लेखापरीक्षण गराउने ।
(ङ) लेखापरीक्षण प्रतिवेदन उपरको कार्यवाहीको जानकारी साधारण सभालाई दिने ।
(च) आर्थिक कारोवारको बिल भरपाई रसिद आदि सम्पूर्ण कागजातको सुरक्षाको पूर्ण जिम्मेवारी वहन गर्ने ।
(छ) लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका बेरुजु सम्बन्धित ब्यक्ति वा निकायबाट असुल उपर गर्ने ।
(ज) साधारण सभा र कार्य समितिले तोकेको काम गर्ने ।
६. सदस्यहरु
(क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) संस्थाको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
(ग) संस्थाको विधान कार्यनीति, कार्यक्रम र उद्देश्य अनुसार कार्य गर्ने ।
(घ) संस्थाको रेखदेख गरी यथार्थ कुराहरु समितिमा पेश गर्ने र राम्रो सरसल्लाह र सुझावहरुको आदान प्रदान गर्ने ।
(ङ) कार्य समितिले कार्य विभाजन गरे अनुसार आफ्नो जिम्माको काम गर्ने ।

परिच्छेद–६
प्रदेश अधिवेशन, सहभागिता, गठन, काम, जिम्मेवारी
२३. प्रदेश अधिवेशन
क) प्रदेश २ वर्षमा एक पटक तोकिएको स्थानमा सम्पन्न हुनेछ ।
ख) प्रदेश अधिवेशन बोलाउने र सम्पन्न गर्ने जिम्मेवारी प्रदेश कार्य समितिको हुनेछ ।
ग) प्रदेश अधिवेशन बोलाउँदा कम्तिमा १ महिनाको अवधि राखी सूचना दिनु पर्नेछ ।

२४. प्रदेश अधिवेशनमा सहभागिता
क) प्रदेश अधिवेशनमा निम्न बमोजिमको सहभागिता रहनेछ ः
१) प्रदेश समितिका पदाधिकारी एवम् सदस्यहरू
२) प्रदेश सल्लाहकार समितिका सदस्यहरू
३) प्रदेश अन्तर्गतको जिल्ला समितिहरुमा प्रदेशले तोकेको प्रतिनिधिहरू
ख) प्रदेश समितिले पर्यवेक्षकको हैसियतले सहभागिताको व्यवस्था गर्न सक्नेछ । तर यस्ता पर्यवेक्षकहरूले कुनै पनि प्रकारको मतदानमा भाग लिन वा उम्मेदवार हुन सक्ने छैनन् ।

२५. प्रदेश अधिवेशनको काम, कर्तव्य र अधिकार
क) प्रदेश कार्य समितिद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र अन्य प्रस्तावहरु पारित गर्ने
ख) संस्थालाई दिशा निर्देशन गर्ने ।
ग) प्रदेश कार्य समितिको निर्वाचन गर्ने,

२६. प्रदेश कार्य समितिको गठन
क) प्रदेश कार्यसमिति प्रदेश अधिवेशनले निर्वाचित गर्नेछ ।
ख) संयोजक हुनलाई पधाधिकारी १ कार्यकाल गरेको र पदाधिकारी हुनलाई १ कार्यकालसमितिमा काम गरेको हुनुपर्नेछ ।
(ग) सदस्य हुनलाई जिल्ला समितिको सिफारिसमा तोकिएको व्यक्ति १ जिल्ला बराबर १ सदस्य हुनेछ । जिल्ला शाखा नभएको हकमा जिल्ला तथा क्षेत्रगत प्रतिनिधि गर्ने गरी संस्थाको कुनै पनि सदस्यता (साधारण, आजीवन, संरक्षक) लिएको व्यक्ति, विधानले तोकेको उमेर ननाघेको व्यक्ति, अधिवेशनमा सदस्यको उम्मेरद्वार योग्य हुनेछ । तर तोकिएको कोटा भन्दा बढि दाबी आएमा सहमत खोजिनेछ नभए बहुमत प्राप्त गर्ने व्यक्ति निर्वाचित हुनेछ ।
(घ) प्रदेश कार्य समिति १९ सदस्यीय हुनेछ । जसमा देहाय बमोजिम रहनेछन् ः
संयोजक १ जना
उपसंयोजक २ जना (१ जना महिला अनिवार्य)
मुख्यसचिव १ जना
सचिव २ जना
कोषाध्यक्ष १ जना
सदस्यहरु १० जना (३ जना महिला अनिवार्य)
मनोनित सदस्यहरु २ जना
(ङ) कार्य समितिको दैनिक गतिविधि सञ्चालन गर्नको लागि समितिले ७ सदस्यीय सचिवालय गठन गर्नेछ ।
(च) सचिवालयको काम, कर्तव्य, अधिकार प्रदेश समितिले तोके बमोजिम हुनेछ ।
(छ) सल्लाहकार समिति गठन गर्नेछ ।
२७. प्रदेश कार्य समितिको काम कर्तव्य र अधिकार ः–
प्रदेश कार्य समितिको काम कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछ ः
१. प्रदेश समितिको प्रत्येक वर्ष साधारण सभा बसाउने ।
२. साधारण सभामा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र अन्य प्रस्तावहरु प्रस्तुत गर्ने ।
३. विधान बमोजिमको व्यवस्था पालना गरी राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सम्मेलन र केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने ।
४. संस्थाको हितमा हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।
५. राष्ट्रिय सम्मेलनप्रति उत्तरदायी रहने ।
६. संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने ।
७. संस्थाको कार्य सम्पादन गर्न कार्य योजना बनाउने, श्रोत जुटाउने, कार्यान्वयन, सुपरीवेक्षण र अनुगमन गर्ने ।
८. प्रदेश समितिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

२८. प्रदेश समिति पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार
१. संयोजक
(क) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने ।
(ख) निर्णायक मत दिने ।
(ग) संस्थाको निर्णयहरुको कार्यान्वयन गर्ने गराउने ।
(घ) आवश्यकतानुसार बैठकहरु बोलाउन मुख्यसचिवलाई निर्देशन दिने ।
२. उपसंयोजक
(क) संयोजकलाई सहयोग गर्ने ।
(ख) संयोजकले दिएको जिम्मेवारी पूरा गर्ने ।
(ग) संयोजकको अनुपस्थितिमा निजको कार्य गर्ने ।
३. मुख्यसचिव
(क) प्रदेशको समिति सचिवालयको रेखदेख र सञ्चालन गर्ने ।
(ख) संयोजकको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) संयोजकले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
(ङ) संस्थाको हितमा हुने अन्य सबै कार्य पदीय दायित्व बमोजिम गर्ने गराउने ।
४. सचिव
(क) मुख्यसचिवको अनुपस्थितिमा संस्थाको सचिवालयको रेखदेख र सञ्चालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) प्रदेश समिति हुने अन्य सबै कार्य पदीय दायित्व बमोजिम गर्ने गराउने ।
५. कोषाध्यक्ष
(क) प्रदेश समितिको कोषको रेखदेख र सञ्चालन गर्ने ।
(ख) राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलनमा आर्थिक रिपोट प्रस्तुत गर्ने ।
(ग) लेखा दुरुस्त राख्ने ।
(घ) नियमित रुपमा वार्षिक लेखापरीक्षण गराउने ।
(ङ) लेखापरीक्षण प्रतिवेदन उपरको कार्यवाहीको जानकारी साधारण सभालाई दिने ।
(च) आर्थिक कारोवारको बिल भरपाई रसिद आदि सम्पूर्ण कागजातको सुरक्षाको पूर्ण जिम्मेवारी वहन गर्ने ।
(छ) लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका बेरुजु सम्बन्धित ब्यक्ति वा निकायबाट असुल उपर गर्ने ।
(ज) साधारण सभा र कार्य समितिले तोकेको काम गर्ने ।
६. सदस्यहरु
क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) समितिको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
(ग) समितिको नीति, कार्यक्रम र उद्देश्य अनुसार कार्य गर्ने ।
(घ) समितिको रेखदेख गरी यथार्थ कुराहरु समितिमा पेश गर्ने र राम्रो सरसल्लाह र सुझावहरुको आदान प्रदान गर्ने ।
(ङ) कार्य समितिले कार्य विभाजन गरे अनुसार आफ्नो जिम्माको काम गर्ने ।

परिच्छेद–७
जिल्ला अधिवेशन, सहभागिता, गठन, काम, जिम्मेवारी
२९. जिल्ला अधिवेशन
क) जिल्ला अधिवेशन २ वर्षमा एक पटक तोकिएको स्थानमा सम्पन्न हुनेछ ।
ख) जिल्ला अधिवेशन बोलाउने र सम्पन्न गर्ने जिम्मेवारी जिल्ला कार्य समितिको हुनेछ ।
ग) जिल्ला अधिवेशन बोलाउँदा कम्तिमा १ महिनाको अवधि राखी सूचना दिनु पर्नेछ ।

३०. जिल्ला अधिवेशनमा सहभागिता
क) जिल्ला अधिवेशनमा निम्न बमोजिमको सहभागिता रहनेछ ः
१) जिल्ला समितिका पदाधिकारी एवम् सदस्यहरू
२) जिल्ला सल्लाहकार समितिका सदस्यहरू
३) जिल्ला अन्तर्गतको नगर, गाउँ समितिहरुमा जिल्लाले तोकेको प्रतिनिधिहरू
ग) जिल्ला समितिले पर्यवेक्षकको हैसियतले सहभागिताको व्यवस्था गर्न सक्नेछ । तर यस्ता पर्यवेक्षकहरूले कुनै पनि प्रकारको मतदानमा भाग लिन वा उम्मेदवार हुन सक्ने छैनन् ।

३१. जिल्ला अधिवेशनको काम, कर्तव्य र अधिकार
क) जिल्ला कार्य समितिद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र अन्य प्रस्तावहरु पारित गर्ने
ख) संस्थालाई दिशा निर्देशन गर्ने ।
ग) जिल्ला कार्य समितिको निर्वाचन गर्ने,

३२. जिल्ला कार्य समितिको गठन
क) जिल्ला कार्यसमिति जिल्ला अधिवेशनले निर्वाचित गर्नेछ ।
(ख) जिल्ला कार्य समिति १५–१७ सदस्यीय हुनेछ । जसमा देहाय बमोजिम रहनेछन् ः
अध्यक्ष १ जना
उपाध्यक्ष २ जना (महिला १ अनिवार्य)
सचिव १ जना
सहसचिव १ जना
कोषाध्यक्ष १ जना
सदस्यहरु ९ जना (२ महिला अनिवार्य)
मनोनित २ जना
(ग) अध्यक्ष हुनलाई पधाधिकारी १ कार्यकाल गरेको र पदाधिकारी हुनलाई १ कार्यकाल समितिमा काम गरेको हुनुपर्नेछ ।
(घ) सदस्य हुनलाई शाखा समिति भएमा शाखा समितिको सिफारिसमा तोकिएको व्यक्ति सदस्य हुनेछ । शाखा नभएको हकमा संस्थाको कुनै पनि सदस्यता (साधारण, आजीवन, संरक्षक) लिएको व्यक्ति, विधानले तोकेको उमेर ननाघेको व्यक्ति, अधिवेशनमा सदस्यको उम्मेरद्वार योग्य हुनेछ । तर तोकिएको कोटा भन्दा बढि दाबी आएमा सहमत खोजिनेछ नभए बहुमत प्राप्त गर्ने व्यक्ति निर्वाचित हुनेछ ।
(ङ) कार्य समितिको दैनिक गतिविधि सञ्चालन गर्नको लागि समितिले ७ सदस्यीय सचिवालय गठन गर्नेछ ।
(च) सचिवालयको काम, कर्तव्य, अधिकार समितिले तोके बमोजिम हुनेछ ।
(छ) सल्लाहकार समिति गठन गर्नेछ ।
३३. जिल्ला कार्य समितिको काम कर्तव्य र अधिकार ः–
जिल्ला कार्य समितिको काम कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछ ः
१. जिल्ला कार्य समितिको प्रत्येक वर्ष साधारण सभा बसाउने ।
२. साधारण सभामा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र अन्य प्रस्तावहरु प्रस्तुत गर्ने ।
३. विधान बमोजिमको व्यवस्था पालना गरी राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सम्मेलन र केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने गराउने ।
४. संस्थाको हितमा हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।
५. राष्ट्रिय सम्मेलनप्रति उत्तरदायी रहने ।
६. संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने ।
७. संस्थाको कार्य सम्पादन गर्न कार्य योजना बनाउने, श्रोत जुटाउने, कार्यान्वयन, सुपरीवेक्षण र अनुगमन गर्ने ।
८. जिल्ला समितिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
३४. जिल्ला कार्य समिति पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार
१. अध्यक्ष
(क) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने ।
(ख) निर्णायक मत दिने ।
(ग) संस्थाको निर्णयहरुको कार्यान्वयन गर्ने गराउने ।
(च) आवश्यकतानुसार बैठकहरु बोलाउन सचिवलाई निर्देशन दिने ।
२. उपाध्यक्ष
(क) अध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने ।
(ग) अध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
३. सचिव
(क) जिल्ला कार्य समितिको सचिवालयको रेखदेख र सञ्चालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) अध्यक्षले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
(ङ) जिल्ला कार्य समितिमा हुने अन्य सबै कार्य पदीय दायित्व बमोजिम गर्ने गराउने ।
४. सहसचिव
(क) सचिवको अनुपस्थितिमा संस्थाको सचिवालयको रेखदेख र सञ्चालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) जिल्ला कार्य समितिमा हुने अन्य सबै कार्य पदीय दायित्व बमोजिम गर्ने गराउने ।
५. कोषाध्यक्ष
(क) समितिको कोषको रेखदेख र सञ्चालन गर्ने ।
(ख) राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सम्मेलन, जिल्लाको साधारण सभामा आर्थिक रिपोट प्रस्तुत गर्ने ।
(ग) लेखा दुरुस्त राख्ने ।
(घ) नियमित रुपमा वार्षिक लेखापरीक्षण गराउने ।
(ङ) लेखापरीक्षण प्रतिवेदन उपरको कार्यवाहीको जानकारी साधारण सभालाई दिने ।
(च) आर्थिक कारोवारको बिल भरपाई रसिद आदि सम्पूर्ण कागजातको सुरक्षाको पूर्ण जिम्मेवारी वहन गर्ने ।
(छ) लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका बेरुजु सम्बन्धित ब्यक्ति वा निकायबाट असुल उपर गर्ने ।
(ज) साधारण सभा र कार्य समितिले तोकेको काम गर्ने ।
६. सदस्यहरु
(क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) समितिको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
(ग) समितिको नीति, कार्यक्रम र उद्देश्य अनुसार कार्य गर्ने ।
(घ) समितिको रेखदेख गरी यथार्थ कुराहरु समितिमा पेश गर्ने र राम्रो सरसल्लाह र सुझावहरुको आदान प्रदान गर्ने ।
(ङ) कार्य समितिले कार्य विभाजन गरे अनुसार आफ्नो जिम्माको काम गर्ने ।

परिच्छेद–८
नगर÷गाउँ र वडा कार्यसमिति
३५. नगर÷गाउँ अधिवेशन
क) नगर÷गाउँ अधिवेशन २ वर्षमा एक पटक तोकिएको स्थानमा सम्पन्न हुनेछ ।
ख) नगर÷गाउँ अधिवेशन बोलाउने र सम्पन्न गर्ने जिम्मेवारी नगर÷गाउँ कार्य समितिको हुनेछ ।
ग) नगर÷गाउँ अधिवेशन बोलाउँदा कम्तिमा १ महिनाको अवधि राखी सूचना दिनु पर्नेछ ।

३६. नगर÷गाउँ अधिवेशनमा सहभागिता
क) नगर÷गाउँ अधिवेशनमा निम्न बमोजिमको सहभागिता रहनेछ ः
१) नगर÷गाउँ समितिका पदाधिकारी एवम् सदस्यहरू
२) नगर÷गाउँ सल्लाहकार समितिका सदस्यहरू
४) नगर÷गाउँ अन्तर्गतको वडा समितिहरुमा नगर÷गाउँले तोकेको प्रतिनिधिहरू
ख) नगर÷गाउँ समितिले पर्यवेक्षकको हैसियतले सहभागिताको व्यवस्था गर्न सक्नेछ । तर यस्ता पर्यवेक्षकहरूले कुनै पनि प्रकारको मतदानमा भाग लिन वा उम्मेदवार हुन सक्ने छैनन् ।

३७. नगर÷गाउँ अधिवेशनको काम, कर्तव्य र अधिकार
क) नगर÷गाउँ कार्य समितिद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र अन्य प्रस्तावहरु पारित गर्ने
ख) संस्थालाई दिशा निर्देशन गर्ने ।
ग) नगर÷गाउँ कार्य समितिको निर्वाचन गर्ने,

३८. नगर÷गाउँ कार्य समितिको गठन
क) नगर÷गाउँ कार्यसमिति जिल्ला अधिवेशनले निर्वाचित गर्नेछ ।
(ख) नगर÷गाउँ कार्य समिति १३–१५ सदस्यीय हुनेछ । जसमा देहाय बमोजिम रहनेछन् ः
अध्यक्ष १ जना
उपाध्यक्ष २ जना(१ महिला अनिवार्य)
सचिव १ जना
सहसचिव १ जना
कोषाध्यक्ष १ जना
सदस्यहरु ७ जना (२ महिला अनिवार्य)
मनोनित २ जना
(ग) अध्यक्ष हुनलाई पधाधिकारी १ कार्यकाल गरेको र पदाधिकारी हुनलाई १ कार्यकाल समितिमा काम गरेको हुनुपर्नेछ ।
(घ) सदस्य हुनलाई शाखा समिति भएमा शाखा समितिको सिफारिसमा तोकिएको व्यक्ति सदस्य हुनेछ । शाखा नभएको हकमा संस्थाको कुनै पनि सदस्यता (साधारण, आजीवन, संरक्षक) लिएको व्यक्ति, विधानले तोकेको उमेर ननाघेको व्यक्ति, अधिवेशनमा सदस्यको उम्मेरद्वार योग्य हुनेछ । तर तोकिएको कोटा भन्दा बढि दाबी आएमा सहमत खोजिनेछ नभए बहुमत प्राप्त गर्ने व्यक्ति निर्वाचित हुनेछ ।
(ङ) कार्य समितिको दैनिक गतिविधि सञ्चालन गर्नको लागि समितिले ७ सदस्यीय सचिवालय गठन गर्नेछ ।
(च) सचिवालयको काम, कर्तव्य, अधिकार समितिले तोके बमोजिम हुनेछ ।
(छ) सल्लाहकार समिति गठन गर्नेछ ।
३९. नगर÷गाउँ कार्य समितिको काम कर्तव्य र अधिकार ः–
नगर÷गाउँ कार्य समितिको काम कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछ ः
१. नगर÷गाउँ कार्य समितिको प्रत्येक वर्ष साधारण सभा बसाउने ।
२. साधारण सभामा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र अन्य प्रस्तावहरु प्रस्तुत गर्ने ।
३. विधान बमोजिमको व्यवस्था पालना गरी राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सम्मेलन र केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने गराउने ।
४. संस्थाको हितमा हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।
५. संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने ।
६. संस्थाको कार्य सम्पादन गर्न कार्य योजना बनाउने, श्रोत जुटाउने, कार्यान्वयन, सुपरीवेक्षण र अनुगमन गर्ने ।
४०. वडा समिति अधिवेशन
क) वडा अधिवेशन २ वर्षमा एक पटक तोकिएको स्थानमा सम्पन्न हुनेछ ।
ख) वडा अधिवेशन बोलाउने र सम्पन्न गर्ने जिम्मेवारी वडा कार्य समितिको हुनेछ ।
ग) वडा अधिवेशन बोलाउँदा कम्तिमा १ महिनाको अवधि राखी सूचना दिनु पर्नेछ ।

४१. वडा अधिवेशनमा सहभागिता
क) वडा अधिवेशनमा निम्न बमोजिमको सहभागिता रहनेछ ः
१) वडा समितिका पदाधिकारी एवम् सदस्यहरू
२) वडा सल्लाहकार समितिका सदस्यहरू
३) वडा अन्तर्गतको वडा समितिहरुमा वडा समितिले तोकेको प्रतिनिधिहरू
ख) वडा समितिले पर्यवेक्षकको हैसियतले सहभागिताको व्यवस्था गर्न सक्नेछ । तर यस्ता पर्यवेक्षकहरूले कुनै पनि प्रकारको मतदानमा भाग लिन वा उम्मेदवार हुन सक्ने छैनन् ।

४२. वडा अधिवेशनको काम, कर्तव्य र अधिकार
क) वडा कार्य समितिद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र अन्य प्रस्तावहरु पारित गर्ने
ख) संस्थालाई दिशा निर्देशन गर्ने ।
ग) वडा कार्य समितिको निर्वाचन गर्ने,

४३. वडा कार्य समितिको गठन
क) वडा कार्यसमिति जिल्ला अधिवेशनले निर्वाचित गर्नेछ ।
(ख) वडा कार्य समिति ११–१३ सदस्यीय हुनेछ । जसमा देहाय बमोजिम रहनेछन् ः
अध्यक्ष १ जना
उपाध्यक्ष २ जना(१ महिला अनिवार्य)
सचिव १ जना
सहसचिव १ जना
कोषाध्यक्ष १ जना
सदस्यहरु ५ जना (१ महिला अनिवार्य)
मनोनित २ जना
(ग) अध्यक्ष हुनलाई पधाधिकारी १ कार्यकाल गरेको र पदाधिकारी हुनलाई १ कार्यकाल समितिमा काम गरेको हुनुपर्नेछ । सदस्य हुन संस्थाको कुनै पनि सदस्यता लिएको हुनुपर्नेछ ।
(घ) कार्य समितिको दैनिक गतिविधि सञ्चालन गर्नको लागि समितिले ७ सदस्यीय सचिवालय गठन गर्नेछ ।
(ङ) सचिवालयको काम, कर्तव्य, अधिकार समितिले तोके बमोजिम हुनेछ ।
(च) सल्लाहकार समिति गठन गर्नेछ ।
४४. नगर÷गाउँ÷वडा कार्य समितिको काम कर्तव्य र अधिकार ः–
नगर÷गाउँ÷वडा कार्य समितिको काम कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछ ः
१. नगर÷गाउँ÷वडा कार्य समितिको प्रत्येक वर्ष साधारण सभा बसाउने ।
२. साधारण सभामा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र अन्य प्रस्तावहरु प्रस्तुत गर्ने ।
३. विधान बमोजिमको व्यवस्था पालना गरी राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सम्मेलन र केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने गराउने ।
४. संस्थाको हितमा हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।
५. संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने ।
६. संस्थाको कार्य सम्पादन गर्न कार्य योजना बनाउने, श्रोत जुटाउने, कार्यान्वयन, सुपरीवेक्षण र अनुगमन गर्ने ।
४५.. नगर÷गाउँ र वडा कार्य समिति पदाधिकारीहरुको काम कर्तव्य र अधिकार ः– कार्य समितिका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुुनेछ ः
१. अध्यक्ष
(क) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने ।
(ख) निर्णायक मत दिने ।
(ग) संस्थाको निर्णयहरुको कार्यान्वयन गर्ने गराउने ।
(ङ) आवश्यकतानुसार बैठकहरु बोलाउन सचिवलाई निर्देशन दिने ।
२. उपाध्यक्ष
(क) अध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने ।
(ग) अध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
३. सचिव
(क) जिल्ला कार्य समितिको सचिवालयको रेखदेख र सञ्चालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) अध्यक्षले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
(ङ) जिल्ला कार्य समितिमा हुने अन्य सबै कार्य पदीय दायित्व बमोजिम गर्ने गराउने ।
४. सहसचिव
(क) सचिवको अनुपस्थितिमा संस्थाको सचिवालयको रेखदेख र सञ्चालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अभिलेख सुरक्षित राख्ने ।
(घ) जिल्ला कार्य समितिमा हुने अन्य सबै कार्य पदीय दायित्व बमोजिम गर्ने गराउने ।
५. कोषाध्यक्ष
(क) समितिको कोषको रेखदेख र सञ्चालन गर्ने ।
(ख) राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सम्मेलन, जिल्लाको साधारण सभामा आर्थिक रिपोट प्रस्तुत गर्ने ।
(ग) लेखा दुरुस्त राख्ने ।
(घ) नियमित रुपमा वार्षिक लेखापरीक्षण गराउने ।
(ङ) लेखापरीक्षण प्रतिवेदन उपरको कार्यवाहीको जानकारी साधारण सभालाई दिने ।
(च) आर्थिक कारोवारको बिल भरपाई रसिद आदि सम्पूर्ण कागजातको सुरक्षाको पूर्ण जिम्मेवारी वहन गर्ने ।
(छ) लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका बेरुजु सम्बन्धित ब्यक्ति वा निकायबाट असुल उपर गर्ने ।
(ज) साधारण सभा र कार्य समितिले तोकेको काम गर्ने ।
६. सदस्यहरु
(क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) समितिको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
(ग) समितिको नीति, कार्यक्रम रउद्देश्य अनुसार कार्य गर्ने ।
(घ) समितिको रेखदेख गरी यथार्थ कुराहरु समितिमा पेश गर्ने र राम्रो सरसल्लाह र सुझावहरुको आदान प्रदान गर्ने ।
(ङ) कार्य समितिले कार्य विभाजन गरे अनुसार आफ्नो जिम्माको काम गर्ने ।

४६. प्रवास सम्पर्क समिति
प्रवास सम्पर्क समितिको सवालमा समिति गठन गर्न पाउनेछ । केन्द्रीय कार्यसमितिमा वैकल्पीक केन्द्रीय सदस्यको
लागि उक्त प्रवास सम्पर्क समितिको सिफारिसमा १ जना लागि १ वैकल्पिक केन्द्रीय सदस्य राख्ने सक्नेछ ।

परिच्छेद–९
पद त्याग, पद रिक्तता, राजिनामा, पदपूर्ति
४७. पद रिक्तता
क) मृत्यु भएमा,
ख) राजीनामा स्वीकृत भएमा,
ग) संस्थाको सदस्य नरहेमा,
घ) पदको दुरुपयोग गरेको प्रमाणित भइ कारबाही भएमा,
ङ) विधान विपरित कार्य गरेको प्रमाणित भइ कारबाही भएमा,
च) बिना सूचना बैठकमा ३ पटकसम्म अनुपस्थित भएमा,
छ) कार्य समितिको निर्वाचनमा उम्मेदवारी नदिई पद रिक्त भएमा ।
ज) संस्थागत कार्वाही परेमा ।

४८. राजीनामा
क) केन्द्रीय अध्यक्षले केन्द्रीय कार्य समितिमा चढाएको राजीनामा केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रिय सम्मेलनको बैठकमा अनुमोदन गर्ने गरी स्वीकृत भएमा,
ख) केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले केन्द्रीय अध्यक्ष समक्ष चढाएको राजीनामा केन्द्रीय कार्य समितिको बैठकमा अनुमोदन गर्ने गरी अध्यक्षबाट स्वीकृत भएमा,
ग) अन्य कार्य समितिका अध्यक्षले चढाएको राजीनामा सम्बन्धित कार्य समितिको बैठकले केन्द्रीय कार्य समितिमा अनुमोदन गर्ने गरी कार्य समितिमा अनुमोदन गर्ने गरी स्वीकृत भएमा ।
४९. कारबाही र पुनरावेदन
सबै तहका पदाधिकारी एवम् सदस्यले पूर्ण बैठकमा लगतार ३ पटक सम्म उपस्थिति नजनाएमा अथवा संस्थाको विधान, बैधानिक नियमावली, आर्थिक नियामावली, आचारसंहिता तथा संस्थाको स्थापित मूल्य मान्यता र हित विपरित कार्य गरेमा देहाय बमोजिमको कारबाही गरिनेछ ।
क) सचेत गराउने वा चेतावनी दिने,
ख) स्पष्टीकरण माग्ने,
ग) स्पष्टीकरण चित्त बुझदो नभएमा पदीय जिम्मेवारीबाट बञ्चित गर्ने,
घ) पदबाट बाँकी अवधिको लागि निलम्बन गर्ने
ङ) बर्खास्त गर्ने
च) माथि उल्लेखित कुनै पनि तहमा गरिएको कारबाहीको जानकारी कारणसहित माथिल्लो तहलाई गराउनुपर्नेछ ।
छ) कारबाहीमा पर्ने कुनै पनि तहका पदाधिकारी एवम् सदस्यले संस्थाको उच्च तहसम्म क्रमैसँग पुनरावेदन गर्न पाउनेछ । कारबाही ठीक भए नभएको आवश्यक छानबिन गरी केन्द्रीय कार्य समितिले अन्तिम निर्णय गर्न सक्नेछ ।
५०. पदपूर्तिः
क) अध्यक्षको पदमा बाँकि अवधिका लागि केन्द्रीय कार्य समितिको बैठकमा अनुमोदन गर्ने गरी वरिष्ठ उपाध्यक्षलाई अध्यक्षको रुपमा कायम मुकायम मुुकरर गरिनेछ । वरिष्ठ उपाध्यक्ष भन्नाले संस्थामा सेवा गरेको अनुभवको आधारलाई सम्झनु पर्नेछ । अन्य समितिको हकमा पनि सोही अनुसार लागु हुनेछ ।
ख) अन्य पदाधिकारीहरुको हकमा केन्द्रीय कार्य समितिको बैठकले अनुुमोदन गर्ने गरी आफूहरु मध्येबाट बाँकी अवधीका लागि पदपूूर्ति गर्न सक्नेछ र सदस्यहरुको हकमा सम्वन्धित जिल्ला शाखाको प्रतिनिधित्वका लागि जिल्ला कार्य समितिको सिफारिसमा केन्द्रीय कार्य समितिको बैठकमा अनुुमोदन गर्ने गरी बाँकि अवधिका लागि पदपूर्ति गर्नेछ । अन्य समितिको हकमा पनि सोही अनुसार लागु हुनेछ ।

५१. गणपूरक संख्या ः–
१. कूल सदस्य संख्याको ६५ (पैँसठठी) प्रतिशत साधारण सदस्यहरु उपस्थिति नभई साधारण सभाको काम कारवाही हुनेछैन ।
२. तर, विधानको दफा ११ को (५) मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा कूल संस्थापन पक्षको संख्याको ५१ ∞ प्रतिशत उपस्थित भएमा सभा गर्न सक्नेछ ।

परिच्छेद–१०
आर्थिक व्यवस्था
५२. संस्थाको कोष ः–
१. सस्थाको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिम प्राप्त रकमहरु जम्मा हुनेछन् ः–
(क) सदस्यता वापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम ।
(ख) कसैले स्वेच्छाले दिएको अनुदान, सहायता वापत प्राप्त रकम ।
(ग) संस्थाको चल अचल सम्पत्ति वा अन्य बस्तुको विक्रीबाट प्राप्त रकम ।
(घ) विदेशी संस्था व्यक्ति वा अन्र्तराष्ट्रिय संघ संस्थाबाट सहयोग वापत प्राप्त रकम ।
(ङ) स्थानीय निकायबाट प्राप्त अनुदान वा सहयोग वापत प्राप्त रकम ।
२. विदेशी संघ संस्था वा व्यक्तिबाट आर्थिक सहयोग तथा अनुदान लिने भए संस्थाले समाज कल्याण परिषद्बाट स्वीकृत लिईने छ ।
३. संस्थामा प्राप्त रकम स्थानीय बैंकमा जम्मा गरी बैंक खाता सञ्चालन गरिनेछ ।
४. उपदफा (१) को (क) बमोजिम संस्था संरक्षणार्थ बनाइने सदस्यता (साधारण, आजीवन, संरक्षक) शुल्क ः (स्थानीय तह नगर, गाउँ, वडाले बनाए ३०, जिल्ला १०, प्रदेश १० र केन्द्र ५० प्रतिशत) र लारिङ्गेक नाम्लीङ्गेक कार्यक्रमबाट सङ्कलित रकम लगायतको आम्दानीयुक्त विभिन्न स्रोतबाट (स्थानीय तह नगर, गाउँ, वडाले गरेको आम्दानीबाट स्थानीय तहमा ७०, जिल्ला १० र केन्द्र २० प्रतिशत) (जिल्ला गरेको आम्दानीबाट जिल्ला ५० र केन्द्र ५० प्रतिशत) को बाँडफाँड गरिनेछ ।

५३. खाता सञ्चालन ः– संस्थाको बैंक खाता अध्यक्ष, महासचिव र कोषाध्यक्ष (कसै दुईको अनिवार्य) को संयुक्त दस्तखतबाट खाता सञ्चालन हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था गरिनेछ ।
५४. कोषको रकम खर्च गर्ने तरिका ः–
संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिमको तरिका अपनाई खर्च गरिनेछ ।
(क) संस्थाको वार्षिक बजेट योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट रकम खर्च गर्न सकिने छैन ।
(ख) साधारण सभाबाट पारित बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्न सकिनेछ ।
(ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नुपर्नेछ
(घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नुपर्नेछ ।

५५. संस्थाको लेखा र लेखा परीक्षण ः–
(१) संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिनेछ ।
(२) संस्थाको लेखा परीक्षण प्रचलित कानून बमोजिम रजिष्टर्ड लेखापरीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै बखतमा पनि आफै वा मातहतका कर्मचारीहरु खटाई संस्थाको हिसाब किताब जा“च गर्न गराउन सक्नेछ ।
(४) लेखापरीक्षकको नियुक्ति साधारण सभाबाट हुनेछ । तर, प्रथम वार्षिक साधारण सभा नभएसम्म लेखापरीक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ ।
(५) संस्थाको लेखा परीक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगति विवरणको १÷१ प्रति स्थानीय अधिकारी, जि.वि.स., समाज कल्याण परिषद र सम्बन्धित निकायमा पेश गरिनेछ ।

परिच्छेद–११
निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधन सम्बन्धी ब्यवस्था
५६. निर्वाचन सम्बन्धी व्यवस्था ः–
१. कार्य समितिको निर्वाचन प्रयोजनका लागि बढीमा ३ जनाको एक निर्वाचन समिति कार्य समितिको सहमतिद्वारा गठन गरिनेछ ।
२. निर्वाचन समितिले प्रचलित कानूनको परिधी भित्र रहेर निर्वाचन कार्यविधि आफै व्यवस्थित गर्नेछ ।
३. निर्वाचन सम्बन्धी विवाद उत्पन्न भएमा विवादको टुड्डो निर्वाचन समितिले गरेको निर्णय नै अन्तिम हुनेछ ।
४. निर्वाचन सम्पन्न पछि नयाँ कार्यसमितिलाई जिम्मेवारी प्रदान गरेपछि निर्वाचन समिति स्वतः विघटन हुनेछ ।

५७. उम्मेदवार हुने योग्यता ः– कार्य समितिको उम्मेदवार हुन देहाय बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ ।
(क) विधानतः योग्य व्यक्ति उम्मेदवार हुनसक्नेछ ।
(ख) साधारण सदस्यता नविकरण भएको हुनुपर्छ ।

५८. अविश्वासको प्रस्ताव ः–
१. अविश्वासको प्रस्ताव लिखित रुपमा कुन कुन पदाधिकारीको विरुद्धमा हो स्पष्ट खुलाई देहाय बमोजिमको रित पु¥याई संस्थामा दर्ता गर्नुपर्नेछ ।
(क) नेपाली भाषामा शिष्ट शब्दको प्रयोग गरी लेखिएको हुनुपर्छ ।
(ख) प्रस्तावको विषय स्पष्ट र ब्यावहारिक हुनुपर्छ ।
(ग) साधारण सभा सदस्यहरु मध्येबाट कम्तिमा १÷४ (एक चौथाई) सदस्यको प्रष्ट नाम थर र ठेगाना सहित खुलाई सही भएको हुनुपर्छ ।
२. उपदफा १ बमोजिम संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई महाधिवेशन÷अधिवेशन वा विशेष महाधिवेशन÷अधिवेशन बस्ने स्थान, मिति, समय समेत तोकी संस्थाको विशेष महाधिवेशन÷अधिवेशनको सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई विधानको दफा ११(४) बमोजिम साधारण सभा वा विशेष साधारण सभा बस्ने सूचना दिइनेछ ।
३. अविश्वासको प्रस्ताव माथि छलफलको प्रकृया ः
(क) विशेष महाधिवेशन÷अधिवेशनमा अध्यक्षता गर्ने व्यक्तिले विशेष महाधिवेशन÷अधिवेशनमा उपदफा १ बमोजिमको प्रस्ताव पेश गर्न अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरु मध्ये १ जनाले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने कारण सहितको आफ्नो अभिमत सभा समक्ष प्रस्तुत गर्नेछ ।
(ख) उप–दफा ३(क) बमोजिम अविश्वासको प्रस्ताव, पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत गरेपछि सो प्रस्ताव उपर मत प्रकट गर्न चाहने बढीमा अन्य तीन जना सदस्यहरुलाई अध्यक्षले अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछ ।
(ग) उप–दफा (१) बमोजिम अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरु विरुद्ध प्रस्तुत गरिएको हो, अध्यक्षता गर्ने व्यक्तिले ती पदाधिकारीहरुलाई आफ्नो सफाई पेश गर्ने मौकाको लागि आफ्नो भनाईहरु राख्न अनुमति दिइनेछ ।
४. अविश्वासको प्रस्ताव माथि निर्णय ः
१. अविश्वासको प्रस्ताव उपर आफ्नो भनाई प्रस्तुत गर्ने क्रम समाप्त भएपछि अध्यक्षता गर्ने व्यक्तिले सो अविश्वासको प्रस्तावको बहुमत पक्ष वा विपक्षमा छ भन्ने निर्णयको लागि देहाय बमोजिमको कुनै एक तरिका अपनाई अविश्वासको प्रस्तावको निर्णयको घोषणा गर्नेछ ।
(क) अविश्वासको प्रस्तावको पक्षमा मत प्रकट गर्ने एक समूहमा र विपक्षमा मत प्रकट गर्ने अर्को समूहमा छुट्याएर वा
(ख) विशेष महाधिवेशन÷अधिवेशनका सदस्यहरुलाई अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा गोप्य मतदान गराएर ।
२. विशेष महाधिवेशन÷अधिवेशनको कूल सदस्य संख्याको २÷३ (दुई तिहाई) बहुमतले अविश्वासको प्रस्ताव पारित हुनेछ । त्यस्तो प्रस्ताव पारित भएमा प्रस्तावित पक्षका व्यक्तिहरु पदमुक्त हुनेछन् ।
३. निर्वाचित भएको ६ महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना नपुगी त्यस्तो व्यक्ति उपर पुनः अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन ।

५९. विधान संशोधन ः– महाधिवेशनले अथवा राष्ट्रिय सम्मेलनको कूल सदस्य संख्याको २÷३ (दुई तिहाई) सदस्यहरुले अनुमोदन गरेपश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजका लागि स्थानीय अधिकारी समक्ष सिफारिस गरी पठाउनु पर्नेछ । स्थानीय अधिकारीबाट स्वीकृत भए पश्चात् मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिनेछ ।

६०. नियम बनाउन सक्ने ः–
१. संस्थाले आफ्नो कार्य सम्पादन गर्ने सन्दर्भमा आवश्यक निमय बनाउन सक्नेछ र सो नियम साधारणसभाबाट पारित गराई लागू हुनेछ र स्थानीय अधिकारीलाई सोको जानकारी दिनुपर्नेछ ।
२. यो विधान र विधान अन्तर्गत बनेको नियमको अधीनमा रही संस्थाको कार्य सञ्चालन र उद्देश्य कार्यान्वयनका लागि कार्य समितिले कर्मचारी ब्यवस्था र आर्थिक प्रशासन सम्बन्धी विनियम बनाई लागू गर्न सक्नेछ । त्यस्तो विनियमहरु साधारण सभाबाट अनुमोदन गराउनु पर्नेछ ।

६१. कर्मचारीको व्यवस्था ः–
(क) संस्थाको दैनिक कार्य सञ्चालन र योजना तथा कार्यक्रम सञ्चालनको लागि कर्मचारी दरबन्दी श्रृजना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवा शर्तहरु अपनाउनुपर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(ख) संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्थाको सञ्चालन गर्न, कार्यान्वयन गर्न विदेशी सल्लाहकार वा स्वयमसेवक राख्ने अवस्था भएमा निजले काम गर्नेे अवधि, पु¥याउने सेवा, कामको औचित्य, सुविधा र तिनको योग्यता समेतको विवरण स्थानीय अधिकारी, जिल्ला विकास समिति र समाज कल्याण परिषदमा समेत जानकारी गराइनेछ ।
६२. संस्था खारेजी ः–
१. साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेज गर्न सक्नेछ ।
२. उपदफा १ बमोजिम खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एकभन्दा बढी लिक्विडेटरहरु र संस्थाको हिसाव किताव गर्नको लागि एक वा एकभन्दा बढी लेखापरीक्षकहरु नियुक्त गर्न सक्नेछ ।
३. उपदफा २ बमोजिम नियुक्त लिक्विडेटर र लेखापरीक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकिदिए बमोजिम हुनेछ ।
४. यसरी कारणबश संस्था विघटन भई खारेज भएमा संस्थाको दायित्वको फरफारक गरी बा“की रहने सम्पूर्ण जायजेथा नेपाल सरकारको हुनेछ ।

६३. व्याख्या ः– यो विधान र विधान अन्तर्गत बनेको नियम, विनियमको ब्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।

६४. प्रतिबद्धता ः संस्थको कुनै कार्यको सम्बन्धमा प्रतिकुल असर पार्ने तथा परराष्ट्र नीतिको बर्खिलाप हुन जाने वा नेपालको अखण्डता सार्वभौमसत्ता, स्वयत्तता र शान्ति सुरक्षमा खलल हुने कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

अनुसूची–१
याक्थुङ युवा मञ्चको छाप गोलाकार आकृतिको मध्य भागमा प्रतीक चिन्ह अंकित रहने वरिपरिबाट “याक्थुङ युवा मञ्च–२०७३” (नेपाली र अंग्रेजी दुवै) लेखिएको हुनेछ ।

अनुसूची–२
याक्थुङ युवा मञ्चको प्रतिक चिन्हः लिम्बुहरुको पहिचान सिलाम साक्मालाई युवायुवतीले बीचमा समातिएको चित्र रहनेछ ।

अनुसूची–३
झण्डा
याक्थुङ युवा मञ्चको झण्डा ः निलो पृष्ठभूमीमा लिम्बुहरुको पहिचान सिलाम साक्मालाई युवायुवतीले बीचमा समातिएको चित्र रहनेछ ।

अनुसूची–४

माङहुप (सपथ)

इङ्गा ……….नाम……….(याक्थुङ) वेन्सा चुम्भोरेन् याक्पङगेन………….(…औँ)…….येजुम्लुङ लाम्बा सेक्सीङ केबोङ्बा कुसङ् चोक्लकचुम्रेन् ……….(पद)…….युक्तेन्ओ सेक्सीङ पोखाङवाओ तागेरा निङ्वाभूमाङरेन कुमिङो माङहुप् चोक्कारो । आयुक्तेनओनु खोसुङ्बा लाङ्बेइन आनिङ्वा, आसक्मा नु आधक्लारे सीःरुबा थारिक् थाङ्धाङ्वा थोबो फोमारे लाम्मोः मेङ्घिन् मेन्नोन्ने याम्बक चोक्कारो । आयुक्तेन्नो वाआर थारिक् नु आयुक्तेन् लेरुङआङ् एघाङ्ङाङ याक्थुङ वेन्सा चुम्भोरेन मेन्नो याम्बक मेजोक्कान्लो । नोगेन् ।