पान्थर, चैत २९। याक्थुङ (लिम्बू) युवाहरुको सामाजिक संस्था याक्थुङ युवा मञ्चको दोस्रो राष्ट्रिय महाधिवेशनले सुशन हुक्पा चोङबाङको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रज्ञा इजम लिम्बू, उपाध्यक्षहरु कमल हाङसरुम्बा, मणिबिक्रम योङहाङ, राजेन्द्र इधिङ्गो र रञ्जुला तेयुङलाई निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा मनेश आङ्बो, सचिवहरु गणेश तुम्रोक, नारायण आङ्खेवा, सुवाश लुम्फुङ्वा, खेलकुद सचिव ऋतुराज तेयुङ निर्वाचित भएका छन् । एक जना महिला सचिव भने कार्य समितिको बैठकले मनोनित गर्नेछ । त्यस्तै कोषाध्यक्षमा घनश्याम थेबे निर्वाचित भएका छन् ।
सदस्यहरुमा भने प्रेम शेर्मा, मनकुमार आङ्देम्बे, राजन यक्सो, हेमन्त लिम्बू, मनोज साँवा लिम्बू र नवीन ताप्मादेन निर्बाचित भएका छन् । बाँकी जिल्लाबाट आउने केन्द्रीय सदस्य र मनोनित सदस्यहरु पछि थपिन्ने जानकारी गराएको छ । महाधिवेशनको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि आदिबासी जनजाति युवा महासंघका वरिष्ठ उपाध्यक्ष मुलिवा नाछिरिङ राईले गरेका थिए ।
महाधिवेशनले नौ बुँदे सुम्हात्लुङ घोषणा–पत्र समेत जारी गरेको छ । नव निर्बाचित कार्य समितिले चैत २९ गते फिदिममा पत्रकार सम्मेलन गरी घोषणा–पत्र सार्वजनिक गरेको हो ।
१) युवा अवस्था मानव जीवनको सबैभन्दा मुल्यवान, उर्जाशील र उर्वर समय भएको हुनाले युवाहरुको क्षमता, दक्षता र राजनैतिक चेत अभिवृद्धि गरी उनीहरुको व्यक्तित्व विकासको माध्यमबाट आत्मनिर्भर र स्वाबलम्म्बी बन्न उभिप्रेरित गरी यही समाजमा स्थापित गराउन यो महाधिवेशन प्रण गर्दछ ।
२) युवाहरुलाई परिश्रमी, उद्यमीशील तथा सृजनशी बन्न अभिप्रेरित गरी विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गरी खोजि खाने भन्दा गरी खाने नागरिक तयार गर्न अभिप्रेरित गर्ने सङ्कल्प गर्दछ ।
३) ऐतिहासिक पृष्ठभूमीको आधारमा अरुणपूर्व ९ जिल्ला स्वयत्ततासहितको लिम्बुवान प्रदेश स्थापनाका गर्न यो महाधिवेशन जोडदार माग गर्दछ ।
४) आदिवासी याक्थुङहरुको परम्परागत भूमी तथा प्राकृतिक श्रोत साधन माथिको सामुहिक अधिकार प्रणालाई पुनःस्थापित गरियोस् भन्ने जोडदार माग गर्दछ ।
५) लिम्बू भाषालाई प्रदेश नं. १ को सरकारी कामकाजको भाषा मान्यता दिलाउन प्रदेश तथा स्थानीय सरकारहरु समक्ष माग गर्दछ र सो का लागि तत्काल पहल अघि बढाउने प्रतिबद्धता जनाउदछ । अहिले लिम्बू भाषा दिनानुदिन भाषिक अपशरण बिलनगबनभ कजषत को समस्याबाट ग्रसित बन्दै गएकोले याक्थुङ भाषालाई जीवन्त राख्न र समृद्ध बनाउन याक्थुङ पाःन पारी अभियान सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जाहेर गर्दछ ।
६) याक्थुङ ज्ञानसहा निर्माणको माध्यमबाट याक्थुङ समुदायको सामाजिक, आर्थिक, भाषिक, सांस्कृतिक, शैक्षिक तथा राजनैतिक उन्नति र रुपान्तरणको लागि सशक्त पहल गर्नेछ ।
७) विकासको नाम गरिने आदिवासी याक्थुङ समुदायको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक, प्राकृतिक सम्पदाहरु माथिको अतिक्रमण बन्द गरियोस् भन्ने जोडदार माग गर्दछ । साथै तिनको संरक्षण सम्बद्र्धन गर्नु राज्यको प्रमुख दायित्व हो भन्ने कुरा यो महाधिवेशन सचेत गराउदछ ।
८) मुक्कुमलुङ, तिम्बु वारक लगायत सम्पदा माथि अतिक्रमण र नाम परिवर्त गरिनुका सार्थ विभिन्न कंक्रिटको संरचना निर्माण गरी तिनको भर्जिनिटी र पूरातात्विक महत्व नष्ट गरिएकोमा सो विरुद्ध आन्दोलन भैरहेकोप्रति ऐक्यबद्धता जाहेर गर्दछ र अब आइन्दा अतिक्रमण रोकी सम्बन्धित समुदायलाई स्वमित्व हस्तान्तरण गरियोस् भनी जोडदार माग गर्दछ ।
९) राज्यको औपनिवेशिक नीतिका कारण याक्थुङ (लिम्बू) समुदायको पहिचान, अस्तित्व सङ्कटमा पर्दैगएकोले सांस्कृतिक पुनः जागरणको माध्यमबाट राजनीतिक चेत निर्माण गर्दै परम्परागत मौलिक संस्कार, संस्कृतिको पुनःस्थापित र पुनःजीवित तुल्याउन हरसम्भव पहल गरिने प्रतिबद्धता जाहेर गर्दछ ।
१०) राज्यले धर्मनिरपेक्ष राष्ट्र अङ्गीकार गरिसकेको अवस्थामा व्यक्तिहरुको धर्म मान्ने विषय नौसर्गिक हुने भएकोले व्यक्तिहरुको आफ्नो इच्छा र चाहना अनुरुप जुनसुकै धर्म मान्न सक्नेछन् । यसै कुरालाई आत्मासाथ गर्दै याक्थुङ युवा मञ्चले सबै धर्म मान्ने धर्मावालम्बीहरुलाई धार्मिक सहिषुणताको आधारमा समान दृष्टिकोणले हेर्नेछ र बुझ्नेछ । तसर्थ, एक अर्कोले आआफ्नो आस्था मान्दै गर्दा एक अर्काको सम्मान गर्दै समयम्ता पूर्व अगाडि बढ्न सबैमा आव्हवान गर्दछ ।