फाल्गुन ७, भक्तपुर । याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति भक्तपुरमा नारायण सम्बाहाङ्फेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
भक्तपुर मध्यपुरठिमीमा भएको भेलाले नारायण सम्बाहाङ्फेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । कार्यसमितिको उपाध्यक्ष राधा फोम्बो, सन्देश आङ्देम्बे, सचिव जेनिश तुम्बापो, सहसचिव चन्दा सेर्मा, कोषाध्यक्ष राजकुमार थेगुबा र सदस्यहरुमा विरेन आङ्देम्बे, अर्जुन नेम्बाङ, आक्रोश तुम्बाहाङ्फे, ज्ञानेन्द्र आङ्देम्बे, सुवास मादेम्बा चयन भएका छन् ।
कार्यसमितिले थप सदस्यहरु मनोनय गरी पूर्णता दिने जानकारी दिएको छ । भक्तपुर जिल्लाको लागि केन्द्रीय इन्चार्ज भने सुवास लुम्फुङवालाई जिम्मेवारी दिएको छ ।