पान्थर । याक्थुङ युवा मञ्च पाँचथरको प्रथम अधिवेशन मंसीर २६ गते फिदिममा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनको बन्द सत्रले मनकुमार आङदेम्बेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्बा्चित गरेको छ । नव निर्बा्चित कार्य समितिको उपाध्यक्ष सन्तोष तुम्बापो, निशा लाओती, सचिव मोतिहाङ केरुङ, सह–सचिव कुमार यवा मौसम र कोषाध्यक्ष रामचन्द्र नेम्बाङ निर्बा्चित भएका छन् । सदस्यहरुमा निदेश इङ्वा, बिषाल शेर्मा, युन्छोहाङ आङदेम्बे, इक्सा थाम्सुहाङ, युवेन जबेगु, प्रिय योङहाङ, समिक्षा सम्बाहाम्फे, धारणा नेम्बाङ र सरिता सेनेहाङ निर्बा्चित भएका छन् । नव निर्बा्चित कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि याक्थुङ युवा मञ्चका केन्द्रीय उपाध्यक्ष कमल हाङसरुम्बा, केन्द्रीय सदस्य गणेश तुम्रोक र याक्थुङ युवा मञ्च पाँचथरका निबर्तमान सल्लाहकार बुद्धराज लिम्बूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि हाङसरुम्बासँगै मञ्चका केन्द्रीय सदस्य गणोश तुम्रोक, समाजवादी पार्टी पाँचथरका अध्यक्ष लक्ष्मण लाओती, संघीय लिम्बुवान पार्टी नेपाल पाँचथरका अध्यक्ष कमलराज नेम्बाङ, किरात याक्थुङ चुम्लुङ पाँचथरका सदस्य सुवाश तुम्बापो, लिम्बू पत्रकार संघका केन्द्रीय सदस्य सन्देश सुब्बा, महिला नेत्र सिमा तुम्बापो, लिम्बू बिद्यार्थी मञ्च पाँचथरका सचिव दीपक नेम्बाङ र संघीय विद्यार्थी युनियन पाँचथरका अध्यक्ष सुवाश केरुङ नुनामले शुभकामना मन्तब्य राखेका थिए ।
(स्रोत ः उपेन्द्र येक्तेन, सञ्चारकर्मी)
याक्थुङ युवा मञ्च पान्थरको अध्यक्षमा पुन : आङदेम्बे
