युवालाई करियर काउन्सिलिङ कार्यक्रम

ललितपुर । याक्थुङ युवा मञ्चले एकेडेमिक प्रप्रोजल राइटिङ र करियर काउन्सिल सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व युवा दिवसको सन्दर्भमा साउन २५ गते ललितपुर चुम्लुङहिममा सो कार्यक्रम सम्पन्न गरेको थियो । काठमाडौँ उपत्यकामा रहेर करियरप्रति चासो र चिन्तन गर्ने युवाहरुलाई केन्द्रित गरी जागिर, रोजगार कसरी खोज्ने र अध्ययन गर्दै गरेका युवाहरुले अध्ययनलाई पूर्णता दिन अध्ययन अनुसन्धान कार्यहरु कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।


लामो समय आइएनजीओ, एनजीओमा कार्यरत डम्बर तेम्बेले जागिर र रोजगारी कसरी खोज्ने, सिर्जना गर्ने भन्ने सन्दर्भमा प्रशिक्षण दिएका थिए भने अर्को बौद्धिक व्यक्तित्व डि.बी. आङबुङले Academic proposal writing बारे प्रशिक्षण प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया