याक्थुङ युवा मञ्च दमक नगर अध्यक्षमा कन्दङवा

दमक, १७ असाेज । याक्थुङ युवा मञ्च दमक नगरको प्रथम अधिवेशनले सपना कन्दङवाकाे अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेकाे छ ।

शुक्रबार सम्मपन्न नगर अधिवेशनले उपाध्यक्षमा उमा लिम्बु र सुरेश नेम्बाङ, सचिवमा अभिन मेन्याङबो सह–सचिवमा वचन केदेम, कोषाध्यक्षमा कोशिला खेवा चयन गरेकाे छ भने सदस्यहरूमा सोनु लिम्बु, अभिषेक लिम्बू, मञ्जु लिम्बू, मन्दीरा खापुङ, संगीता साँवा, सरोज लिम्बू, मनिका चेम्जोङ रहेका छन् ।

अधिवेशनमा प्रमुख अतिथि समेत रहेका याकथुङ युवा मञ्च जिल्ला कार्य समिति झापाका सचिव देवि बहादुर निङ्लेकु ’प्रताप’ ले याक्थुङ युवा मञ्च आदिवासी लिम्बू जातीको युवा समाजिक संस्था हो र यस्ले न्याय, सम्मानता, पहिचान र अस्तित्वको सवालमा युवा छेत्र बाट वकालत गर्ने र युवाहरुलाई आर्थिक, समाजिक, राजनैतिक रुपले सु–सभ्य युवा बनाउनर अघि बढिरहेकाे बताए ।

कार्यक्रममा कलाकारहरू उमा लिम्बू ,बचन केदेम, सरोज लिम्बू, दिलिप लिम्बु र कौसिला लिम्बू लगायतको साँगितिक प्रस्तुती समेत रहेको अधिवेशनमा लिम्बु बिद्यार्थी मञ्च झापा अध्यक्ष सागर साम्बा, उपाध्यक्ष दिलहाङ सम्बाहाङ्फे, याक्थुङ युवा मञ्च झापाका सह सचीव सन्त शेर्मा लागयत को उपस्तिथि रहेको थियो।

तपाईको प्रतिक्रिया