काठमाडौं । दुवै मृगौला फेल भएर जिवन मरणको दोसाँधमा छटपटिरहेका इलामका समीर सुब्बा लिम्बूलाई ६६ हजार १ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईएको छ ।
याक्थुङ युवा मञ्चको केन्द्रीय उपाध्यक्ष, ताप्लेजुङकी समाजसेवी प्रज्ञा इजमको अगुवाईमा सञ्चालित समीर लिम्बू बचाउन अभियानका क्रममा देश तथा विदेशबाट सङ्कलित सो रकम भाद्र २१ गते शनिवार काठमाडौंमा हस्तान्तरण गरिएको हो ।
इलाम नगरपालिका ४ बोरबोटे घर भई हाल काठमाडौं गल्फुटारमा बस्दै आएका ३२ वर्षीय समीरलाई सामजिक सञ्जाल प्रयोग गरी अभियान मार्फत सो रकम सङ्कलन गरी हस्तान्तरण गरेको इजम बताउँछिन ।
यसअघिको उपचारमा करिब १० लाख रुपैयाँ खर्च भइसकेको र मृगौला प्रत्यारोपणका लागि अझै २५ लाख रुपैयाँ लाग्ने भएपछि समीरले आफूलाई बचाउन सहयोगको अपिल गरेका थिए ।
सुरुमा निर्भिक अस्पतालमा उपचार गरएका समीर हाल निदान अस्पताल काठमाडौंमा नियमित डाइलाइसिस गराईरहेका छन् । जति चाँडो रकम जम्मा भयो त्यति नै चाँडो मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकाले अझै सहयोगको अपिल गरेका छन् । आर्थिक जुटेमा मृगौला प्रत्यारोपण भक्तपुर अस्पतालमा हुने जनाइएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारका लागि अपिल गर्नुपरेको समीरका बाबु डम्बरबहादुर लिम्बू बताउँछन् । समीरको परिवारले समीरलाई बचाउनका लागि सहयोगको अपिल गर्दै सहयोग गर्न चाहनेका लागि समीर सुब्बाको नाममा एनआइसीएसिया बैंक गल्फुटार शाखा काठमाडौंमा रहेको बैंक खाता नं. ६४६२३८७१०७५२४००१ मा जम्मा गरिदिन आग्रह गरेका छन् । आवश्यक जानकारी लिन चाहानु भएमा बिरामीको सम्पर्क ९८१७०५४२०९ मा सम्पर्क गर्न सकिन्ने जनाएको छ । ०
प्रज्ञा इजमको अगुवाईमा इलामका मृगौला पीडित समीरलाई ६६ हजार सहयोग
