याक्थुङ युवा मञ्च, काठमाडौँले साउन ११ र १२ गते ‘सिसेक्पा कप फुटसल’ प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ । याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति काठमाडौँले ‘सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता’ यहि साउन ११ र १२ गते गर्ने भएको छ । गतवर्षबाट लिम्बूहरुको मौलिक चाड सिसेक्पा तङनामको अवसर पारेर युवामैत्री फुटसल प्रतियोगिता गर्दै आएको छ । गत साल यस प्रतियोगितामा २८ टिम सहभागी भएको थियो भने यस पटक ४२ टिम पुग्न सक्ने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार र ट्रफि, दोस्रो पुरस्कार रु २५ हजार र ट्रफि र उत्कृष्ट ३ खेल्लाडी (किपर, डिफेन्स, फरवार्ड)लाई ५÷५ हजारको दरले पुरस्कार दिइनेछ ।
काठमाडौँ, मण्डिकाटारस्थित ग्रासरुट्स फुटसलमा हुने प्रतियोगिताको लागि आयोजकले साउन ८ गतेसम्ममा प्रतियोगी टिमहरुले इन्ट्री गरिसक्नु पर्ने बताएको छ । लिम्बू समुदायको विशेष गरी थरगत संस्थाहरुलाई सहभागी गराउने र युवाहरुमा एकता, समन्वय, साझेदारीता, पारस्परिक हित, मैतिपूर्ण वातावरण सिर्जना गर्दै युवाहरुमा जागरुपता सिर्जना गर्न यो खेल आयोजना गरिएको छ ।
टिम पनि विशेष गरी विभिन्न थरको लिम्बू युवाहरुलाई बढि प्रथामिकता दिइएको छ । ५ जना प्लेयर रहेको टिम सेट हुनेछ र अतिरिक्तसहित ७ जना मध्ये ४ जना अनिवार्य हुनुपर्नेछ । खेलको सञ्चालन विधि लिगकम नक्आउट हुनेछ ।

विवरण
‘सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०७६’
मिति ः २०७६ साउन ११ र १२ गते
स्थान ः ग्रासरुट्स फुटसल, मण्डिकाटार, काठमाडौँ
इन्ट्री अन्तिम मिति २०७६ साउन ८ गते
फर्म सम्पर्क (रितुराज तेयुङ ९८०८७४८४७१, असन लिम्बू ९८१४००२८६५, भूपेन्द्र खुदाङ ९८४३३५८३०२)
सर्तहरु
२ अतिरिक्त सहित ७ जना
७ मध्ये ४ अनिवार्य लिम्बू हुनुपर्ने ।

तपाईको प्रतिक्रिया