याक्थुङ ज्ञान महोत्सवमा भएको सम्पूर्ण कार्यक्रम युट्युर्वमा सार्वजनिक

‘बौद्धिक ज्ञान आदानप्रदान र प्रस्तान्तरणको लागि’ भन्ने मूल नाराको साथ २०७६ जेठ २४ र २५ गते नाचघर, जमलमा याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘याक्थुङ ज्ञान महोत्सव’ सम्पूर्ण सेसनको छलफल, बहस तथा प्रस्तुति कार्यक्रमहरु युट्युर्व मार्फत सार्वजनिक गरेका छौँ ।
आवश्यक प्रतिक्रियाहरु जनाइदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौँ । यो कार्यक्रमकै ढाँचामा लिम्बुवानको सबै जिल्लामा कार्यक्रम लैजाने तयारी गरिरहेका छौँ ।
युटयुर्व मार्फत खोज्नु पर्दा channel Name : Yakthung Youth Forum or click the link https://www.youtube.com/channel/UChAm_kQtAJ8P-Zoxka70vZg अथवा Yakthung Knowledge Festival सर्च गरी भेट्न सक्नु हुनेछ ।
रेजुलेसनफूल भिडियो अपलोड गर्नु समय लाग्ने भएकोले क्रमशः राख्दै जानेछौँ । र यस हप्ताभित्रमा सबै भिडियोहरु तपाइँहरुले हेर्न मिल्ने गरी सार्वजनिक गरिसक्नेछौँ ।

तपाईको प्रतिक्रिया