बैशाख १८/ काठमाडौ लिम्बुवान संयुक्त संघर्ष समितिले प्रदेश नं १ लाइ ‘किरात लिम्बुवान’ नामाङ्करण गर्नुपर्ने माग गरेको छ । बैशाख १८ बुधबार ललितपुरमा बसेको बैठकले एक बिज्ञप्ती जारी गरी उक्त माग अघि सारेको छ ।
संघर्ष समितिमा नेकपा माओवादी सम्बद्ध लिम्बुवान मुक्तिमोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष शंखध्वज नेम्बाङ, नेकपा सम्बद्ध लोकतान्त्रिक किरात लिम्बू संघका अध्यक्ष त्रिवेणि चोङ्बाङ, संघीय समाजवादी फोरम नेपाल लिम्बुवान प्रदेश समिती सचिव भेषराज चेम्जोङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका उपाध्यक्ष बिशेन्द्र चेम्जोङ, नेपाली काङ्ग्रेस सम्बद्ध लिम्बू संघका उत्तमसिङ थाङ्देन,किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष योगराज वनेम, याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष भूपेन्द्र खुदाङ, लिम्बू बिद्यार्थी मञ्चका महासचिव उत्सव सम्बाहाम्फे लगायतको हस्ताक्षरित बिज्ञप्तीमा भइरहेको लिम्बुवान आन्दोलन ऐक्यबद्धता रहेको बताइएको छ ।