याक्थुङ युवा मञ्चको ताप्लेजुङ अध्यक्षमा सन्जिव साँवा लिम्बू निर्वाचित

आज २०७६ बैशाख ५ गते ताप्लेजुङ फुङलिङमा सम्पन्न याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति ताप्लेजुङको प्रथम अधिवेशनबाट सन्जिव साँवा लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा नवीन लिम्बू, महिला उपाध्यक्ष गिता लिम्बू, सचिव नवीन ताप्मादेन, सहसचिव विक्रम अन्छङ्बो, जुनु केदेम, कोषाधक्ष विशाल लिम्बू निर्वाचित भएको छन् ।
यस्तै सदस्यहरुमा मनिसा येङ्देन, अजय लिम्बू, शितल लिम्बू, विकास लिम्बू, आसिका लिम्बू निर्वाचित भएका छन् ।


विधानमा १७ सदस्यीय रहने व्यवस्था रहेको छ । बाँकी सदस्य कार्यसमितिले मनोनयन गर्ने जनाएको छ ।
‘पहिचान र अस्तित्व बचाउँ, सम्पूर्ण याक्थुङ युवाहरु एक हौँ’ भन्नने नाराको साथ याक्थुङ युवा मञ्च ताप्लेजुङ जिल्ला अध्यक्ष अवीरसिं याक्सोको अध्यक्षता र याक्थुङ युवा मञ्च केन्द्रीय उपाध्यक्ष प्रज्ञा इजम र केन्द्रीय सदस्य असोक चोङबाङको उपस्थितिमा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा जिल्लास्थित लिम्बूजन्य संघसंस्थाहरुको आतित्थ उपस्थिति रहेको थियो । ०

तपाईको प्रतिक्रिया