युवाहरु विश्वमा सङ्गठित हुने कारणहरू

मानधोज इस्वो

युवा भन्नाले कुन उमेर समुहलाई जनाउँछ । धर्तिको परिधिभित्र रहेको विविधताले थोरै अन्तर हुन सक्छ तर युवा भन्नाले Acording to UN १५–२४,फरक देशमा १८–२८, १९–३२ उमेरलाई युवा भनिन्छ । यधपी संसारमा परिपक्वताको फेज १८–५४ वर्षलाई मानिन सकिन्छ । यो अवधि जीवनको दिउँसोको समय मान्न सकिन्छ,२४घण्टाको दिनमा १२ घण्टा । यो समय क्षमता विकास र उदेश्य निर्धारण हुने मुलभूत समय हो । पुस्पलाल, बिबिले २३ र २१ कै उमेरमा पार्टी खोले । कमरेड चेग्वेभारा, फिडेल कयास्ट्रो, माओ, हो चि मिन्ह, बिल गेट्स, जुकरवर्ग, आइन्सटाइन, बुद्ध, फाल्गुनन्द, येशु ईत्यादिले युवा उमेरमा नै खास काम गरेका हुन्।
नेपाली लोकतान्त्रिक आन्दोलन या संसारका जनपक्षीय क्रान्ति(राजनीतिक,सामाजिक,आर्थिक क्रान्ति)हरूमा युवाहरूको प्रमुख भूमिका रहेको देखिन्छ । भनेपछि हामी हाम्रो सम्बन्ध विस्तारको कुरालाई त्यसरी नै परिभाषित गर्न सक्छौँ । म हाम्रो सम्बन्ध विस्तार मुख्य दुई आधार या कारणहरू औँल्याएको छु ।
१)चुनौती
सृष्टिको नियम र प्रादुर्भाव नै चुनौती हुन, मानव समाजको विकास चुनौतीको उपज हो । यसर्थ जुन प्राकृतिक घटनाक्रमानुसार दुनियाँमा सबै वस्तुको समस्या अनि निराकरण छन।मानव समाज तिनको जगमा विकसित जीवात नै हो । जसमा अपार सङ्घर्षहरू भए, मान्छे हुनु, बाँच्नु, सन्तान जन्मनु, मर्नु यी सब चुनौती थियो । आदिम बर्बर युगमा बाँच्न जति सङ्घर्ष भए कालान्तरमा पनि फरक ढङ्गले सङ्घर्ष रहिरह्यो र छ, बाँच्नका लागि । जुन सङ्घर्षले नयाँ नयाँ चुनौती सिर्जना गरिरहन्छ, मानिसमा सभ्यता, विकास, भबिष्यको प्रश्न उठिरहन्छन् । जस्तो (जंगली जुगमा सन्तान वृद्धिसँगै बास, गाँस वृद्धिको खाँचो पर्यो । अझ थप जनसङ्ख्या बढ्दै जाँदा अरू चुनौती थपिए जसले मानव समाज निर्माणतर्फ अघि बढ्न पर्यो । खेतीपाती, पशुपालन, व्यापारसँगै परिवार, समाज, राष्ट्र र दुनियाँलाई सभ्यता र विकासको उचाइमा पुग्ने प्रश्न यथावत हुन्छन । जसले दुनियाँमा मानिसहरू आपसी सम्बन्धको जरुरत देख्दछन । विभिन्न सङ्घ, संस्था त्यसैको उपज हो, व्यक्तिहरूको आवाज मुखरित हुने थलो संस्थाहरू हुन् ।
ती सङ्घ, संस्थाले राज्यसत्ताको उययोगद्वारा जनाधिकार प्राप्त गर्ने र जनविरोधी सताका विरूद्ध जनतामा चेतना जगाउने काम गर्दछन । नेपालमा लिम्बू समुदायको तमाम बिषयमा चासो राख्ने जागरुक संस्थाहरूमा याक्थुङ युवा मञ्च एक हो । यो संस्था हामीसँग भएको चुनौतीका कारण गठन भएको मान्न सकिन्छ । संसारमा युवाहरूको पक्षमा जनधिकारका पक्षमा सबैभन्दा बढी चासो युवाहरूमा छ, जुन अनेकौँ ढङ्गले चुनौतीपूर्ण छन्, जसका लागि युवा आवाज बन्न सक्छ र पर्छ पनि । जसरी विगतमा युवाहरूले गरे त्यसरी नै भविष्यका खातिर अहिलेका युवाहरूले विज्ञान, प्रविधि, खोज, अनवेषण, कला, कृति जस्ता क्षेत्रमा युवाहरूको उल्लेख्य देन चाहिन्छ । मानवीय प्रयासद्वारा अनेकौँ उपलब्धि प्राप्त छन, ती चुनौतीका उपज हुन । कमप्युटरको आबिष्कारले दिमागको स्मरण शक्तिको अभावलाई कम गर्दछ वा तथ्याङ्क, अभिलेख राख्दछ । यधपी नयाँ खालका समस्या आउँदछन् या चुनौती रहनेछन् अनेक किसिमका (व्यापारीलाई ग्राहक,उधोगीलाई कामदार, विधार्थीलाई शिक्षक आदि),जुन साझा आदन–प्रदानद्वारा पूरा गरिन्छ । तसर्थ यस्ता चुनौती नै सम्बन्ध बिस्तारका आधार हुन् । तालिम, सेमिनार, अन्तरक्रिया, गोष्ठी, बैठक आदिमा व्यवस्थित बहस, निष्कर्ष आउँछन् र जसद्वारा त्यो क्षेत्रलाई उन्नत, गतिशिल बनाउन सकिन्छ ।
केही बुंदाहरू
१)Global warming (अम्ल वर्षा,मौसम परिवर्तन आदि)
२)अपराध (हत्या, बलात्कार, भ्रष्टाचार, डकैती तस्करी आदि)
३) प्राकृतिक विपत्ति, महामारी,
४ पूर्वाधार विकास
५) पछौटेपन
६) गुणस्तरिय जीवन (शिक्षा, स्वास्थ्य, रोजगारी, मनोरञ्जन आदि)
७) भ्रमाण्डका रहस्यहरू, आदी चुनौतीहरूका कारण विशेवका युवाहरू आपसमा सम्बन्ध बिस्तार गर्नेछन् ।
अवसर
यो धर्ती उग्र संघर्ष पछिको अनुपम जीवित पिण्ड हो, असिमित आसमानमा परिभ्रमण गरिरहेको छ । जसका सबैभन्दा शक्तिशाली प्राणी हुनु नै मान्छेको ठुलो अवसर, हामीले महसुस गर्ने विषय हो । खगोल नै खुल्ला पाठशाला, रंगमञ्च र हाम्रो लक्ष्य हो, आज संसारका मानिसले यश सम्बन्धि ज्ञान लिने (दिने जुन विन्दुसम्म छौँ । यो ठुलो उपलब्धि हो । लाख वर्षमा मानव सभ्यताको यहाँसम्मको यात्रा एउटा मजबुत उदाहरण हो ।
यस्तो विशाल धर्ती(आकाशका साना अंश मान्छे, र उसको समाज, राष्ट्र, दुनियाँ, के मान्छेले गुमाउन सक्छ वा बनाउन सक्छ ? परिकल्पना गर्न सक्छ तर यो सित्तैमा प्राप्त स्रोत साधन तुरुन्तै बनाउन सक्दैन बरू उपयोग गर्छ । आज यो अवसरलाई मानिसले उपयोग गरिरहेको छ र अझ उन्नत, सिर्जनात्मक ढङ्गले गर्नुपर्छ । यो भनेको मानिसले आफ्नो नश्ल चिन्नुपर्छ र त्यो मान्छे जातिको उत्थान साथै समग्र प्राणीमैत्री भूमण्डलको दृश्य देख्नुपछ । यस्तो अदभूत अवसरको चाङबिच दुनियाँ अझै असमान, अपरिचित छ, यसलाई युवाहरूले अवसरको रूपमा लिएर संगठित र अन्तरसम्बन्धित हुन जरुरत छ । संक्षेपमा जगतभरिका युवाहरूको सम्बन्ध अझ सबै मानिसको सम्बन्ध प्रगाढ हुने विन्दुमा छौँ । यो युगिन अवसर हो ।
व्यापार, पर्यटन, समाज, सभ्यता, जलवायु, प्राकृतिक स्रोत साधनको उपयोग, रोजगारी, राजनीति, विज्ञान, दर्शन, शिक्षा, स्वास्थ्य आदि अवसरहरू समाज र दुनियाँको बिचमा छन्, जुन चिजहरू विचार, संगठन र योजना विना उपयोग गर्न सकिन्न । अतः माथिका दुई मुलभूत कारणले हामी र हाम्रो सङ्गठन दुनियाँसँग सम्बन्ध कायम गर्नेछ ।०
(लेखक ः याक्थुङ युवा मञ्चको केन्द्रीय उपाध्यक्ष हुन् ।)

तपाईको प्रतिक्रिया