मंसीर २९, ललितपुर । किरात याक्थुङ चुम्लुङ र याक्थुङ युवा मञ्चको संयुक्त आयोजनामा लोक सेवा तयारी सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम ¬ललितपुर चुम्लुङहिममा सम्पन्न गरेको छ ।
अभिमुखिकरण कार्यक्रममा लोक सेवा तयारी गर्दै गरेका ४९ जना सहभागीहरु उपस्थित रहेका थिए । कार्यक्रममा निजामती, सेना, प्रहरी सबै सेवाका स्रोत व्यक्तिहरुको उपस्थितिमा सञ्चालन भएको थियो । प्रशिक्षक(सहजर्कता)को रुपमा निजामती सेवा तर्फ गृहमन्त्रालयको उपसचिव गोमादेवी चेम्जोङ, पूर्व सिडियो (सहसचिव) प्रेमचन्द्र खापुङ, शाखा अधिकृत विशाल नेम्बाङले प्रशिक्षण दिएका थिए भने नेपाली सेना तर्फ उपरथी होमित लावती र नेपाल प्रहरी तर्फ एसपी चन्द्रकुवेर खापुङले प्रशिक्षण दिएका थिए ।
स्रोत व्यक्तिहरुले सेवा प्रवेशको प्रक्रिया, सेवा, सुविधा बारे जानकारी गराएर अनुभव सुनाउँदै उत्पे्ररणा प्रदान गरेका थिए ।
राज्य संयन्त्रमा आदिवासी लिम्बू समुदायको युवाहरुको पहुँच अभिवृद्धिको लागि लोक सेवा तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्थाको तर्फबाट याक्थुङ युवा मञ्चको अध्यक्ष भूपेन्द्र खुदाङले बताए । एक दिने कार्यक्रम भएतापनि लोक सेवा तयारी गर्दै गरको र जिज्ञासा राख्नेहरुलाई सहयोग पुर्याउनुको लागि कार्यक्रम आयोजना गरेका उनले बताए । साथै कार्यक्रम मार्फत युवाहरुमा राज्य संयन्त्रमा जोडिन्नको लागि जागरण अभियान समेत यो कार्यक्रम भएको उनले बताए । यस्तै आयोजक किरात याक्थुङ चुम्लुङको अध्यक्ष योगराज वनेमले लोक सेवा मार्फत राज्य संयन्त्रमा जोडिन्न युवाहरुलाई आग्रह गरेका थिए ।
यस्ता कार्यक्रममा जिल्ला तह र स्थानीय स्तरमा समेत गरिन्ने आयोजक संस्थाहरुले जानकारी गराएकोछ । ०
लिम्बू युवाहरुलाई लोक सेवामा प्रवेशको लागि अभिमुखिकरण सम्पन्न
![](https://www.yyf.org.np/wp-content/uploads/2019/04/48364006_10215177751171927_8664215213865697280_n.jpg)