केन्द्रीय समितिको दोस्रा बैठक सम्पन्न ः दुई वर्षे नीति तथा कार्यक्रम पारित

झापा । भाद्र ३० गते याक्थुङ युवा मञ्चको दोस्रो बैठकले दुई वर्षे नीति तथा कार्यक्रम पारित गरेको छ । मञ्चको अध्यक्ष भूपेन्द्र खुदाङद्वारा प्रस्तुत दुई वर्षे नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रम मुख्य गरी युवा सशक्तिकरण, पहुँच निर्माणको सवालमा जोड दिइएको छ । युवा सशक्तिकरण, पहुँच निर्माणको सवालमा याक्थुङ युवा मञ्चले संस्थागत रुपमा युवालाई राज्यको हरेक निकायहरुमा पुग्न योग्य, सक्षम युवाहरु निर्माण गर्न प्रतिबद्ध रहने र चेतना अभिवद्धि साथै क्षमता अभिवृद्धि सम्बन्धि विविध कार्यक्रमहरु गर्दै लोक सेवा, शिक्षा सेवा, सेना, प्रहरी, उधमशिलता जस्ता क्षेत्रमा युवा सहभागिता बढाउन भूमिका निर्वाह गर्ने बताइएको छ ।
सामाजिक कार्यहरुमा सामाजिक चेतना सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने, लिम्बू युवाहरुलाई केन्द्रित गरेर सिपमुलक तालिम तथा प्रशिक्षण कार्यक्रम गर्ने, सामाजिक संस्था, सङ्गठनले आयोजना गरेका सामाजिक कार्यहरु सक्रिय उपस्थिति जनाइएको छ ।
अधिकार प्राप्ती र पहिचान जस्ता राजनीतिक अधिकार पक्षमा विभिन्न कामहरु गर्ने, लिम्बुवान भूमिको ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु ती सम्पदा संरक्षण जोड दिइने उल्लेख छ । यस्तै संस्कार र संस्कृतिहरु विषयमा युवा पुस्तालाई पुस्तान्तर गर्ने विभिन्न कार्यक्रम आयोजना गरिने बताइएको छ ।

यस्तै बैठकमा जेठ ७ गते इलाममा सम्पन्न महाधिवेशन पश्चातको सङ्गठनको गतिविधि बारे महासचिव शुसन हुक्पा चोङबाङद्वारा साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्ष शान्ता योङहाङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित भएको छ ।
बैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई विभागीय जिम्मेवारी समेत छुट्याएको छ । विभागहरुमा १, सञ्चार विभाग ः विभाग प्रमुख अध्यक्ष भूपेन्द्र खुदाङ, २, महिला विभाग ः विभाग प्रमुख उपाध्यक्ष प्रज्ञा इजम, सदस्यहरु कोषाध्यक्ष शान्ता योङहाङ र केन्द्रीय सदस्य शान्ता तुम्बाहाङ्फे, ३, अनुशासन विभाग ः विभाग प्रमुख उपाध्यक्ष मानधोज इस्वो, सदस्यहरुमा केन्द्रीय सदस्य अशोक चोङबाङ, ४, खेलकुद विभाग ः विभाग प्रमुख उपाध्यक्ष मानधोज इस्वो, सदस्यहरुमा केन्द्रीय सदस्य राजेन्द्र इधिङ्गो, ५, सङ्गठन र प्रदेश समन्वय विभाग ः विभाग प्रमुख उपाध्यक्ष महेश्वर हुक्पा चोङबाङ सहयोगीहरु जिल्ला प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु, ६, राजनीतिक÷ आदिवासी अधिकार विभाग ः विभाग प्रमुख उपाध्यक्ष कमल हाङसरुम्बा, सदस्यहरुमा केन्द्रीय सदस्य मनिस आङबो, ७, भाषा÷साहित्य विभाग ः विभाग प्रमुख महासचिव शुसन चोङबाङ, सदस्यहरुमा केन्द्रीय सदस्य गणेश तुम्रोक, ८, सांस्कृतिक विभाग ः विभाग प्रमुख सचिव मोहन मादेन, ९,ऐतिहासिक स्थल संरक्षण, सम्बद्र्धन र पर्यटन विभाग ः विभाग प्रमुख सचिव तुलसी तिगेला, सदस्यहरुमा राजेन्द्र इधिङगो, १०, शिक्षा, लोकसेवा, प्रशिक्षण विभाग ः (विभाग प्रमुख)सचिव मणि विक्रम योङहाङ, सदस्यहरुमा केन्द्रीय सदस्य तेज लिङथेप र ११, आर्थिक विभाग ः (विभाग प्रमुख)कोषाध्यक्ष शान्ता योङहाङ रहेका छन् । यस्तै २०७५ पुस १५ गते सम्ममा जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।०

तपाईको प्रतिक्रिया