दमक, ४ पुुस । याक्थुक युवा मञ्च झापाले पुस ४ गते दमकमा चासोक तङनाम–२०७५ को शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चका झापा अध्यक्ष प्रेम शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी युवा वक्ताहरुले लिम्बु भाषा, धर्म, लिपि, संस्कार, संस्कृति र राजनिति आन्दोलनमा देखिएको अन्यौलतालाई प्रष्ट पार्दै अघि बढ्न जरुरी रहेको औल्लाए । विभिन्न विवाद भइरहँदा अन्यले खेलवाड गर्न पाउने भएकोले सजगता उपनाउनु पर्ने बेला आएकोमा जोड दिए ।
कार्यक्रममा पूर्ण नेम्बाङ (शलिन) ले लिम्बू युवाहरु विभिन्न क्षेत्रमा रहेर प्रतिस्पर्धा गरेपनि भाषा, लिपि, धर्म र सांस्कृतिका पक्षमा एकता हुनुपर्नेमा जोड दिए । गायक यादन सेर्माले एकता र सहकार्यले मात्र लिम्बुको धार्मिक तथा सांस्कृतिक पक्ष बलियो र मजबुद हुने बताए । उनले कार्यक्रममा मुन्धुमी गीतहरु गाएर सहभागिहरुलाई मनोरञ्जन पनि प्रदान गरेका थिए ।
आदिवासी जनजाति महासङ्घ शिबसताक्षी–१ का अध्यक्ष समेत रहेको शिबसताक्षीका युवा नेता नेत्र नेम्बाङले लिम्बु भाषा, धर्म र लिपिको विषयमा उत्पन्न विवादलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले राजनिति आस्था फरक–परक भएपनि लिम्बु जातिहरुमा सांस्कृतिक एकताको निम्ति एक जुट हुनुपर्ने बताए ।
कार्यक्रममा याक्थुम युवा मञ्च, झापालाई स्थापना कालदेखी विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गर्नुहुने दमकस्थित रिफ स्टुडियोको सञ्चालक टंक लिम्बु, शिबसताक्षी–दुधेकी सामाजिक अगुवा प्रवित्रा सेनेहाङ र लिम्बु समुदायका युवा गायक राज लाबुङलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि किरात धर्म साहित्य उत्थान संघ झापाका अध्यक्ष शिवकुमार योङ्याले सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा लिम्बु विद्यार्थी मञ्चका कोषाध्यक्ष बिक्रम सेर्मा, याक्थुङ युवा मञ्चका केन्द्रीय सदस्य राजेन्द्र इधिङगो, गायक राज लाबुङ, शिबसताक्षी नगरका युबा नेता एबम् सतासीधाम सामुदायीक प्रहरीका महासचिव सन्त फेबादेन लगायतले मन्तव्य राखेका थिए ।
मञ्चका सचिव प्रताप निङलेकुले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष बसन्त मेन्याङ्बोले स्वागत र सहसचिव सन्त सेर्माले संस्थाको उदेश्य र आगामी योजना लगायतको बारेमा मन्तव्य राखेका थिए ।०