विश्व युवा दिवसको अवसरमा याक्थुङ युवा मञ्चको अन्तरक्रिया

साउन २७, ललितपुर । अगष्ट १२ विश्व युवा दिवसको अवसरमा याक्थुङ युवा मञ्चले विभिन्न ठाउँमा अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाडौँ केन्द्रीय समितिको आयोजनामा ‘पहिचान संरक्षण र आदिवासी हक अधिकार प्राप्तिको लागि युवा पुस्ताको भूमिका’ विषयक अन्तक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा चुम्लुङको संस्थापक अध्यक्ष, लेखक, विश्लेषक, आदिवासी अभियान्ता नन्द कन्दङवा प्रमुख वक्ता रहेको थियो भने संयुक्त राष्ट्र सङ्घ एसिया प्रतिनिधि तथा आदिवासी मामिला स्थायी मञ्चका उपाध्यक्ष फुलमान चौधरी प्रमुख अतिथि रहेको थियो ।
यस्तै मञ्चको ताप्लेजुङ र पान्थर शाखा कार्यसमितिले पनि अन्तक्रिया सम्पन्न गरेको छ । ताप्लेजुङमा ‘भाषा, संस्कृति संरक्षणमा युवाको भूमिका’ र पान्थरमा ‘प्रदेश नं. १ नामाकरण’ विषयक अन्तक्रिया सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया