याक्थुङ युवा मञ्च
दुई वर्षे नीति तथा कार्यक्रम
(२०७५—२०७७)
दूरदृष्टि (vision) :युवा सशक्तीकरणका माध्यमबाट सिर्जनशील, उद्यमशील, सामथ्र्यवान बन्ने सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गरी आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने गरी युवालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउनु हुनेछ ।
लक्ष्य(Mission) : क्षमता र नेतृत्व विकासका माध्यमबाट राज्यको हरेक तहमा सार्थक सहभागिता, समानजनक उपस्थिति जनाउँदै युवालाई समाज तथा राष्ट्र विकासको मूल धारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण समाज तथा राष्ट्रको निर्माण पक्षमा युवाहरुलाई सकरात्मक सोच र जिम्मेवार बनाउनु यस नीतिको प्रमुख लक्ष्य हुनेछ ।
उदेश्यहरु (Objectives:) :विधानमा उल्लेखित उद्देश्यहरु हुनेछन् । यस नीति तथा कार्यक्रमले ती उद्देश्यहरुप्रति कार्यान्वयन गर्न केन्द्रित हुनेछ ।
नीति तथा कार्यक्रमहरु
(१) सङ्गठन
ज्ञ। विधान व्यवस्था बमोजिम शाखा कार्य समिति अन्तर्गतको स्थानीयको सम्भव भएसम्म वडा कार्य समितिसम्म सङ्गठन विस्तार गरिनेछ र कामको जिम्मेवारी प्रदान गरिनेछ ।
द्द। सङ्गठनलाई साङ्गठनीक पद्धतिमा हिडाउन प्रशिक्षण कार्यक्रमलाई मुख्य प्रथामिकता दिइनेछ ।
घ। शसक्तिकरण कार्यक्रमहरु सञ्चालन गरिनेछ । सङ्गठन, नेतृत्व विकास, पहुँच र नियन्त्रण अभिवृद्धि केन्द्रित कार्यक्रमहरु गरिनेछ ।
(२) सामाजिक कार्य
ज्ञ। सामाजिक चेतना सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिनेछ ।
द्द। लिम्बू युवाहरुलाई केन्द्रित गरेर सिपमुलक तालिम तथा प्रशिक्षण कार्यक्रम गर्ने ।
घ। सामाजिक संस्था, सङ्गठनले आयोजना गरेका सामाजिक कार्यहरु सक्रिय उपस्थिति जनाइनेछ ।
द्ध। सामाजिक कार्यको लागि उद्देश्य मिल्ने संस्थाहरुसँग संयुक्त कार्यक्रम आयोजना गरिनेछ ।
छ। बिरामी, प्रकोप पीडित लिम्बूहरुको लागि आर्थिक सहयोगको समन्वय कार्य तथा सहयोग गरिनेछ ।
ट। फरक क्षमता भएको युवाहरुलाई लक्षित कार्यक्रमको लागि समन्वय गरिनेछ ।
ठ। लिम्बू भाषा, लिपिलाई संरक्षण, प्रवद्र्धन, पुस्तान्तर गर्न अनौपचारिक कक्षा तथा विभिन्न कार्यक्रम गरिनेछ ।
3) अधिकार प्राप्ती र पहिचान
(१) राजनीतिक चेतना अभिवृद्धि ः २०६२÷६३ को आन्दोलनपछि समाजमा आएको सांस्कृतिक चेतनालाई राजनीतिक चेतनामा बदल्ने प्रेरित गर्ने विभिन्न कार्यक्रमहरु गर्ने र राजनीतिक अधिकार प्राप्त गर्ने सवालमा युवालाई जागरुप गराउने ।
(२) ऐतिहासिक पहिचानको आधारमा अरुणपूर्वको नौ जिल्ला सिमाङ्कन गरी लिम्बुवान नामकरण गरियोस् भन्ने मागको पक्षमा वकालत गरिनेछ ।
(३) तात्कालिन रुपमा प्रदेश नं. १ को नामाकरणमा लिम्बुवान नछुटोस् भनी माग अघि सारिनेछ ।
(४) आइएलओ १६९ र युएनड्रीपले प्रत्याभूति गरेका अधिकारहरु युवा पुस्ताहरुमा सुशुचित गराउँदै कार्यान्वयनको लागि सम्बन्धि पक्षमा दबाव दिइनेछ ।
(५) पहिचान र अधिकार बारे युवा पुस्तालाई जानकार बनाउन सामाजिक सञ्जाल लगायत सञ्चार माध्यम प्रयोग गरी अधिक्तम प्रयोग गरी जानकारी प्रदान गरिनेछ ।
(६) पहिचानजन्य मौलिक भेषभूषा, बाजागाजा, कला, साहित्य, संस्कृतिमा युवा जागरुप हुने कार्यक्रम गरिनेछ ।
(4) इतिहास, संस्कृति
ज्ञ। लिम्बुवान भूमिको ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु, समाधिस्थलहरुको संरक्षण बारेमा र सर्वोच्च अदालतको पुरात्वतिक सम्पदा संरक्षण सम्बन्धिको फैसलाको पक्षमा उभिएर ती सम्पदा संरक्षण जोड दिइनेछ ।
द्द। संस्कार र संस्कृतिहरु विषयमा युवा पुस्तालाई पुस्तान्तर गर्ने विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।
(5) स्थापना दिवस, चाडपर्व, उत्सवहरु
जेठ ७ गते स्थापना दिवस मनाउने । यसको लागि केन्द्रदेखि गाउँ तहसम्म कार्यक्रम गरिनेछ ।
चाड पर्वहरु विशेषको कार्यक्रमहरु गरिनेछ ।
(6) जनशक्ति निर्माण
१, सरकारी कर्मचारीमा प्रवेशको लागि अभिप्रेरित गर्ने कार्यक्रम तथा सम्भवना र सामाथ्र्य रहेमा
लोकसेवा तयारी कक्षाहरु सञ्चालन गरिनेछ ।
२, युवाहरुलाई सेना, प्रहरी, सशस्त्र तर्फ प्रवेशको लागि अभिप्रेरित गरिनेछ ।
(7) सञ्चार
१. संस्थाको आधिकारिक वेभसाइड बनाइनेछ ।
२. स्मारिका प्रकाशन गरिनेछ ।
३. केन्द्र, प्रदेश, जिल्ला, स्थानीय तहको सर्कुलर इमेललाई आधिकारिक मानिनेछ ।
४. फेसबुक, फेसबुक पेज लगायतको सञ्चार माध्यमको सञ्जाललाई आधिकारिक सामाजिक सञ्जाल बनाइनेछ र यसलाई सदुपयोग गरी सञ्चारमा जोडिइने छौँ ।
५. सञ्चारमा पहुँच राख्न लिम्बु पत्रकार सङ्घसँग समन्वय गरिनेछ साथै पहुँच पुग्ने सञ्चारमाध्यम र सञ्चारकर्मीसँग अधिक्तम जोडिन्ने प्रयास गरिनेछ ।
६. सङ्गठनको गतिविधिलाई पर्चा, रोष्टरहरु मार्फत प्रचार प्रसार गरिनेछ ।
७. क्यालेन्डर केन्द्र, शाखा कार्य समिति मार्फत गरिनेछ ।
(8) खेलकुद र मनोरञ्जन कार्यक्रम
१. लिम्बुवान कप फुटबल टुनामेन्ट आयोजना गरिनेछ ।
२. राष्ट्रिय स्तर, क्षेत्रिय स्तरको सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
(११) विभिन्न सङ्घ संस्थाहरुसँग सम्बन्ध
क) लिम्बूजन्य सङ्घ संस्थासँग सहकार्य र समन्वयकारी कार्यहरु गर्दै जाने ।
ख) आदिवासी जनजाति युवा महासङ्घबाट आवद्धता संस्था भएकोले सहकार्य गर्दै अगाडि
बढिनेछ ।
दीर्घकालिन योजना
(क) कोष स्थापना
१. कम्तिमा १० लाखको अक्षयकोष स्थापना गर्ने । यसको लागि देश विदेशको युवाहरुलाई आकर्षित गर्ने कार्यक्रम तथा आव्हान गर्ने । रोष्टर निर्माण गर्ने र समन्वय गर्ने ।
२. प्रदेश र स्थानीय तहहरुमा गएको युवा लक्षित बजेट अधितम सदुपयोग गरी प्रदेश र स्थानीय निकाय सम्बन्धित समितिहरुले पहुँच राखी अर्थ व्यवस्थापन गरिनेछ । बजेटको १० प्रतिशत केन्द्रको स्थायी कोषलाई छुट्याउन अनुरोध गरिनेछ ।
३. संस्था संरक्षणार्थ बनाइने सदस्यता (साधारण, आजीवन, संरक्षक) शुल्क ः (स्थानीय तह नगर, गाउँ, वडाले बनाए ८०, जिल्ला १०, र केन्द्र १० प्रतिशत) र लारिङ्गेक नाम्लीङ्गेक कार्यक्रमबाट सङ्कलित रकम लगायतको आम्दानीयुक्त विभिन्न स्रोतबाट (स्थानीय तह नगर, गाउँ, वडाले गरेको आम्दानीबाट स्थानीय तहमा ८०, जिल्ला १० र केन्द्र १० प्रतिशत) (जिल्ला गरेको आम्दानीबाट जिल्ला ८०, प्रदेश १० र केन्द्र १० प्रतिशत) को बाँडफाँड गरिनेछ ।
४. पुरस्कार कोषहरु स्थापना गर्ने संस्थापकहरु भएमा त्यसलाई व्यवस्थित र नियमित गरिनेछ ।
(ख) स्तम्भ निर्माण गर्ने
१. लिम्बू मौलिक संस्कार, संस्कृतिमा आधारित स्तम्भ निर्माण गरिनेछ ।
(ग) कार्यक्रम
१. लिम्बू युवाहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ ।
२. राष्ट्रिय स्तरको बौद्धिक छलफल, बहसको कार्यक्रम आयोजना गर्ने ।
३, क्षेत्रीय स्थरको कार्यक्रमहरु पनि गर्ने ।
(घ) अनुसन्धानवृत्ति कोष निर्माण
१. युवाहरुको क्षेत्रमा युवा सरोकार राखेर खोज, अनुसन्धान गर्ने अक्षयकोष निर्माण गर्ने ।
(दमकमा सम्पन्न २०७५ भाद ३० गते दोस्रो केन्द्रीय बैठकले पारित र पान्थरमा २०७५ माघ २८ गते प्रथम परिषद् बैठकले अनुमोदन गरेको ।)
डाउनलोड गर्नको लागि यहाँ लिंकमा click गरी डाउनलोड गर्न सक्नुहुनेछ ।
https://drive.google.com/file/d/1AmlZsL9sEtz6GefHV8FO6z46kLzJKIEx/view